साना इलेक्ट्रीक कारलाई टाटाको धक्का

काठमाडौं । टाटा मोटर्सले आफ्नो तेस्रो इलेक्ट्रीक भेहिकलको रुपमा टियागो ईभी सार्वजनिक गरेसँगै यसको चर्चा चुलिएको छ । टाटाले यसअघि बजारमा ल्याएका नेक्सन र टिगोर ईभीको सफलताको कारण टियागोको थप चर्चा भएको हो ।

नेक्सन र टिगोर ईभी भारतमा मात्रै होइन नेपालमा पनि त्यतिकै सफल भएका छन् । अहिले पनि यी दुबै ईभी किन्ने ग्राहकले ५/६ महिना वेटिङमा बस्नु पर्ने अवस्था रहेको छ ।

टाटाले उत्पादन गरेका तीन वटै ईभी आफ्नो कम्बस्चन इन्जिन मोडल हुन् । यी तीनवटै कार भारतीय बजारमा कम्बस्चनमा निकै राम्रो विक्री पाउन सफल मोडल हुन् । नेपाली बजारमा यी कारले विशेषत चिनियाँ बजारबाट नेपाल आउने साना मझौला कारसँग सिधा प्रतिस्पर्धा गर्नेछन् ।

मूल्यका हिसावले उत्कृष्ट, नेपाली सडकमा टेष्टेड बडी, बलियो सर्भिस र सेल्स नेटवर्क रहेको कारण नेपालमा टाटाका कारले विस्तारै बलियो पकड बनाउन सफल भएको हो । अझ ईभी सेग्मेन्टमा बढेको क्रेजले टाटालाई अब्बल ब्राण्ड बनाइसकेको छ ।

अहिले चिनियाँ बजारबाट ल्याएर विक्री गर्दै आएको हेनरी, डेरी, दिगो, विलिङ मिनि जस्ता कारसँग मूल्यको हिसावले सिधा प्रतिस्पर्धा गर्नेगरी आउन लागेको टियागो ईभी आफ्ना प्रतिस्पर्धी माथि भारी पर्ने निश्चित छ ।

मूल्यका हिसावले २५ लाख आसपास पर्ने अनुमान गरिएको टाटा टियागो ईभीको बारेमा जान्नै पर्ने केही तथ्यहरु यहाँ प्रस्तुत गरेका छौं ।

दुई ब्याट्री अप्सन

टाटाले निकै स्मार्ट तरिकाले टियागोमा ब्याट्री र मोटर दिएको छ । कम्पनीले जीपट्रोन हाइभोल्टेज आर्किटेक्चरमा तयार गरेको टियागोमा १९.२ किलोवाट आवर र अर्को लामो लङ रेन्ज भेरियन्टमा २४ किलोवाट आवरको ब्याट्री उपलब्ध छ ।
टियागो १९.२ किलोवाटआवर व्याट्रिप्याक अप्सनमा रहेको मोटरले ६१ हर्सपावर र ११० न्यूटन मिटर टर्क प्रदान गर्छ भने यसको रेन्ज २५० किलोमिटर हुन कम्पनीको दावी छ ।

त्यसैगरी २४ किलोवाट आवरको ब्याट्री प्याक अप्सनमा रहेको मोटरले ७४ हर्सपावर र ११४ न्यूटन मिटर टर्क प्रदान गर्छ । यसलाई फुलचार्जमा ३१५ किलोमिटर गुडाउन सकिने एआरएआईले प्रमाणित गरेको छ ।
तर, यी दुबै अप्सनको रेन्ज सडकमा १६० देखि २०० किलोमिटरसम्म आउने अनुमान गर्न सकिन्छ ।

चार्जिङ अप्सन

टाटाले सानो साइजको कार भएरपनि टियागोमा ५० किलोवाटसम्मको डीसी फास्ट चार्जर सपोर्ट गर्ने बनाएको छ । यो फास्ट चार्जरले चार्ज गर्दा १० प्रतिशतदेखि ८० प्रतिशतसम्म चार्ज गर्नका लागि जम्मा ५७ मिनेट लाग्ने जनाएको छ ।

साथै, टाटाले टियागो इभीसँग ३.३ किलोवाटको स्ट्याडर्ड र ७.२ किलोवाटको एसी फास्ट चार्जरको समेत अप्सन दिएको छ ।

नयाँ स्टाइल अपडेट

टाटाले टियागो ईभीलाई आफ्नो रेगुलर टियागोभन्दा भिन्न देखाउन धेरै प्रकारले कस्मेटिक अपडेट गरेको छ । टियागो ईभीको बाहिरी आवरणको धेरै ठाँउमा र हेडल्याम्पमा इलेक्ट्रीक व्लुएसेन्ट दिइएको छ ।

टियागो ईभीमा अगाडि क्लोज फ्रन्ट ग्रिल रहेको छ भने, एयर ड्याममा ट्राइ एरो वाई सेपको डिजाइन रहेको छ । यसमा १४ इन्चको हाइपर स्टाइल यूनिक डिजाइनको ह्वील रहेको छ । नयाँ टियागो ईभी टियल व्लु, डेटोना ग्रे, प्रिस्टाइन ह्वाइट, मिडनाइट प्लम्प र टपिकल मिस्ट गरी पाँच कलर अप्सनमा उपलब्ध हुनेछ ।

इन्टेरियर र फिचर

टियागोको क्याविन रेगुलर टियागोको बनावटसँग समान रहेता पनि इन्टेरियरको धेरै स्थानमा व्लु एसेन्टको प्रयोग भएको छ । यसमा नयाँ डिजाइनको लेदरेट स्टेरिङ ह्वीलका साथै सिट कभर रहेको छ । टियागो ईभीमा गियर लिभरको ठाँउमा रोटरी ड्राइभ मोड सेलेक्टर रहेको छ ।

यसमा सिटी र स्पोर्ट्स गरी दुईवटा ड्राइभ मोड समेत दिएको छ । टियागोमा ८ वटा स्पीकर सहितको हर्मन म्यूजिक सिस्टम, ४५ वटा कनेक्टेड फिचर भएको जेड कनेक्ट एपसमेत रहेको छ ।

अन्य फिचरका रुपमा हिल स्टार्ट र डिसेन्ट असिस्ट, टायर प्रेसर मोनिटरिङ सिस्टम, अटोमेटिक क्लाइमेट कन्ट्रोल, रेन सेन्सिङ वाइपर, अटोमेटिक हेडल्याम्प, पुस बटम स्टार्ट तथा क्रूज कन्ट्रोल सिस्टम समेत रहेको छ । टाटाले टियागो ईभीमा मल्टीमोड रिजेनेरेशन ब्रेक्रिङको अप्सन समेत दिएको छ ।


Back_to_top