एथरका स्कुटरले तान्यो ग्राहक, नाइमामा ५०० बढी बुकिङ

काठमाडौं । एथरका इलेक्ट्री स्कुटरमा उपभोक्ताको उच्च आकर्षण देखिएको छ । हालै सम्पन्न नाइमा मोबिलिटी एक्स्पोमा एथरका इलेक्ट्रीक स्कुटरले उल्लेख्य बुकिङ पाएको हो ।

नेपालका लागि एथरको आधिकारिक बिक्रेता वैद्य इनर्जीका अनुसार नाइमा एक्स्पोमो ६ दिनमै एथरका ५०० बढी स्कुटर बुकिङ भएका हुन् ।

६ दिनसम्म संचालन भएको उक्त एक्स्पोमा एथरका नयाँ इलेक्ट्रिक स्कुटर, अत्याधुनिक प्रविधि र बलियो ओनरसिप इकोसिस्टम प्रति नेपाली ग्राहकको उत्साहजनक प्रतिक्रिया देखिएको हो।

यसपटकको उपलब्धि आकर्षक प्रमोशनल स्किमका कारण हासिल भएको नभई विश्वास, ब्याट्री एश्योरेन्स, सर्भिस पहुँच, चार्जिङ इन्फ्रास्ट्रक्चर र व्यावहारिक प्रविधिमा एथर नेपाललले गरेको निरन्तर लगानीको परिणामका रूपमा आएको छ।

‘नाइमामा ग्राहकबाट प्राप्त प्रतिक्रिया हाम्रो लागि निकै उत्साहजनक छ। ग्राहकहरू अल्पकालीन अफर मात्र हेरेर निर्णय गर्ने अवस्थामा छैनन्। उनीहरूलाई प्रोडक्टमा विश्वास, ब्याट्रीमा एश्योरेन्स, सर्भिस र चार्जिङमा पहुँच तथा आफ्नो राइडिङ अनुभवलाई वास्तविक रूपमा सहज बनाउने प्रविधि चाहिएको छ। ५०० भन्दा बढी बुकिङले यही विश्वासलाई प्रतिबिम्बित गरेको छ,’ एथर नेपालले भनेको छ ।

एक्स्पोमा सार्वजनिक गरिएको एथर ४५० ओभरटोन सिरिजले ग्राहकको विशेष ध्यान खिचेको थियो। यसमा म्याजिक ट्विस्ट, इन्फिनिट क्रुज र भ्वाइस अन एथर जस्ता आधुनिक सुविधाहरू रहेका छन्।

एथरले ब्याट्रीमा ८ वर्ष वा ८० हजार किलोमिटरसम्मको वारेन्टी दिँदै कम्तीमा ७० प्रतिशत ब्याट्री हेल्थ कायम रहने ग्यारेन्टी गरेको छ। नेपालभर १० भन्दा बढी आधिकारिक सर्भिस सेन्टर र ५० भन्दा बढी फास्ट चार्जिङ ग्रिड विस्तार भइसकेका छन्।

नाइमामा ग्राहकबाट प्राप्त प्रतिक्रिया निकै उत्साहजनक रहेको एथर नेपालले जनाएको छ । ग्राहकले अल्पकालीन अफरभन्दा पनि उत्पादनमा विश्वास, ब्याट्रीमा सुनिश्चितता र सहज प्रविधिलाई प्राथमिकता दिएको कम्पनीको भनाइ छ।

त्यसैगरी, नेपालभर १० भन्दा बढी आधिकारिक सर्भिस सेन्टरहरू र ५० भन्दा बढी फास्ट चार्जिङ ग्रिड विस्तार भइसकेको छ। यसले एथरको ओनरसिप अनुभव शोरुम वा स्कुटर खरिद गर्ने क्षणमा मात्र सीमित नभई, दैनिक प्रयोग र दीर्घकालीन ओनरसिप सम्म जोडिएको देखाउँछ।

यो नेपालमा इलेक्ट्रीक मोबिलिटीप्रति बढ्दै गएको विश्वास र एथरले निर्माण गरिरहेको ओनरसिप इकोसिस्टमप्रति ग्राहकको भरोसाको संकेत रहेकाे कम्पनीकाे भनाइ छ ।


Back_to_top