काठमाडौं । कोरियन मोटर उत्पादक कियाले अर्को नयाँ इलेक्ट्रीक एसयूभी बजारमा ल्याउने भएको छ । कम्पनीले ल्याउन लागेको नयाँ फुल साइज एसयूभी ईभी ९ मोडल हो ।
किया र हुन्डाईले प्रयोग गर्दै आएको ‘इलेक्ट्रीक ग्लोवल मोडुलर प्लेटफर्म (ई–जीएमपी) मा तयार पारेको नयाँ ईभी ९ मोडल कियाकै ‘टेलुराइड’ मोडलबाट प्रभावित रहेको छ । कियाले ईभी ९ को कन्सेप्ट सन् २०२१ मा पहिलो पटक सार्वजनिक गरेको थियो ।
सन् २०२१ को अन्त्यबाट नै विभिन्न चरणको परिक्षण भइरहेको ईभी ९ कन्सेप्ट जस्तै बनेको देखिन्छ । पूर्णरुपमा ढाकेर परिक्षण भइरहेको ईभी ९ मा सोरेन्टोबाट प्रभावित एलइडी हेडल्याम्प दिइएको छ ।
कियाले यसमा रहने ब्याट्री लगायतको विषयमा आधिकारीक जानकारी नदिएपनि २४० किलोवाट क्षमताको चार्जर पसोर्ट गर्नेछ । कम्पनीले आधिकारीक जानकारी नदिएपनि ईभी ९ ले सिंगल चार्जमा ५०० किलोमिटर रेन्ज प्रदान गर्नेछ ।
कियाले अहिलेसम्म बजारमा तीन इलेक्ट्रीक कारको विक्री वितरण गर्दै आएको छ । कम्पनीले सोल, निरो र ईभी ६ मोडल विक्री गर्दै आएको छ । किया अहिले विश्वका उत्कृष्ट ईभी निर्मातामा परिसकेको छ ।
कियाले उत्पादन गरेको सोल र निरो ईभी नेपाली सडकमा पनि गुड्दै आएका छन् । साथै, कन्टिनेन्टल ट्रेडिङले किया ईभी ६ चाँडै बजारमा ल्याउने तयारी गरिरहेको छ । यस्तोमा नयाँ ईभी ९ पनि निकट भविष्यमा नेपाल आउन सक्नेछ ।

