काठमाडौं । जापानी मोटरसाइकल निर्माता कम्पनी यामाहाको स्पोर्टस् बाइक सेग्मेन्टमा विक्री हुँदै आएको आर १२५ को २०२३ भर्सन सार्वजनिक भएको छ । रेसिङ डिएनए भएको मोटरसाइकल यामाहाको आर सिरिज अन्तर्गत सबैभन्दा सानो इन्जिन भएको मोटरसाइकल नै आर १२५ हो ।
कम्पनीले यसअघि विक्री गर्दै आएको मोटरसाइकल आर १२५ मा ब्यापक परिवर्तन गरेर २०२३ भर्सन ल्याउएको हो । यामाहा मोटर्स यूरोपले २०२३ आर १२५ सार्वजनिक गरेसँगै यसको चर्चा चुलिएको छ ।
यमाहाले आर १२५ को २०२३ भर्सन आफ्नो सुपर स्पोर्टस् मोटरसाइकल आर ७ बाट प्रेरित रहेर तयार गरेको छ । अहिले नेपालमा विक्री हुँदै आएको यामाहा आर १५ भी ४ पनि यही डिजाइनमा निर्माण भएको मोटरसाइकल हो ।
कम्पनीले आर १२५ मा पनि आर १५ भी ४ को जस्तै डिजाइनमा तयार गरेको एलइडी डे टाइम रनिङ लाइटसहितको बाई फंग्शनल एलइडी प्रोजेक्टर हेडल्याम्प दिएको छ । यामाहा आर १२५ मा इन्चको टीएफटी डिस्प्ले दिइएको छ । यो डिस्प्ले यामाहा आर १ बाट लिइएको हो । यामाहार आर १२५ मा स्मार्ट कनेक्टिभिटी फिचर दिएको छ ।
यसका अलावा २०२३ भर्सन आर १२५ मा ट्रयाक्सन कन्ट्रोल, एसिस्टेड सिल्पर क्लच, डबल च्यानल एबीएस, क्विक सिफ्टर, मिसेलिन टायर जस्ता फिचर दिएको छ ।
यो मोटरसाइकलमा १२५ सीसी यूरो ५ भीभीए इन्जिन रहेको छ । यसले १५ बीएच पावर तथा ११.५ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीडको गियरबक्स जडान गरिएको छ ।

