सीएफ मोटोको इलेक्ट्रीक मिनी मोटरसाइकल, यस्तो छ रेन्ज

काठमाडौं । सीएफ मोटोले मिनी मोटरसाइकल पापियोको इलेक्ट्रीक भर्सन ल्याउने भएको छ । कम्पनीले इटालीको मिलानमा जारी अटो एक्स्पोमा ‘पापियो नोभा’ प्रर्दशन गरेको हो ।

चिनियाँ मोटरसाइकल निर्माता कम्पनीले सीएफ मोटो पापियो नोभा इलेक्ट्रीक मोटरसाइकलले १५० किलोमिटर रेन्ज दिने दावी गरेको छ ।

कम्पनीले प्रदर्शन गरेको मोटरसाइकल पापियो नोभामा २.२ किलोवाट क्षमताको ब्याट्री दिएको छ । कम्पनीका अनुसार यसमा प्रयोग भएको इलेक्ट्रीक मोटरले ३० हर्स पावर जेनेरेट गर्छ ।

सीएफ मोटो पापियो मिनीको कम्वस्चन मोडलमा नै आधारित डिजाइनमा इलेक्ट्रीक मोडल ल्याउने भएको हो । यो मोटरसाइकलले होन्डा ग्रोमको झल्को दिन्छ ।

सीएफ मोटो पापियो नोभा इलेक्ट्रीक मोटरसाइकलको बारेमा धेरै कुरा बाहिर आएको छैन । कम्पनीले २०२३ को अन्त्यसम्ममा यो मोटरसाइकल बजारमा ल्याउने अनुमान गरिएको छ ।

सीएफ मोटोले यसअघि जिहो ब्रान्डका इलेक्ट्रीक स्कुटर उत्पादन गर्दै आएको थियो । सीएफ मोटोको सिस्टर कम्पनी जिहोको इलेक्ट्रीक स्कुटर नेपाल भित्रने तयारीमा रहेको छ ।


Back_to_top