काठमाडौं । भारतमा उत्पादन भएका इलेक्ट्रीक कारको रेन्ज अटोमोटीभ रिसर्च एशोसिएशन अफ इन्डिया (एआरएआई) ले परिक्षणपछि प्रमाणित गर्ने गर्छ । भारतीय कन्डिसनमा परिक्षण भएको कारले सडकमा वास्तविक रेन्ज दिदैन । त्यसैको विवाद टाटा नेक्सन ईभीको विषयमा भएको थियो ।
दिल्ली सरकारले ईभी किन्ने ग्राहकलाई दिने अनुदान रकमको सूचीबाट टाटा नेक्सन ईभीलाई नै हटाएपछि विवाद भएको थियो । टाटा नेक्सन ईभीले सिंगल चार्जमा ३१२ किलोमिटर रेन्ज दिने दावी प्रस्तुत गरेको थियो । उक्त दावी एआरएआईले प्रमाणित गरेको आधारमा टाटाले गरेको हो ।
अटोमोटीभ रिसर्च एशोशिएसन अफ इन्डियाले ईभीको परिषणमा सहि तथ्यांक निकाल्न नसक्दा ग्राहक, उत्पादक र विक्रेता सबैमा अन्योलता छाएको छ । हिजो मात्रै भारतमा सार्वजनिक भएको बीवाइडी एटो ३ मा यस्तै घटना भएको छ । वर्ल्डवाईड हार्मोनाइज्ड लाइट भेहिकल टेष्ट प्रोसिडुअर (डब्लूएलटीपी) ले ४२० किलोमिटर रेन्ज प्रमाणित गरेको बीवाइडी एटो ३ को रेन्ज एआरएआईले ५२१ किलोमिटर प्रमाणित गरेको छ ।
डब्लूएलटीपीले प्रमाणित गरेको रेन्ज पनि बाटोको अवस्था अनुसार १० देखि २० प्रतिशतसम्म तलमाथि हुने अवस्था छ । यस्तोमा एआएआईले प्रमाणित गरेको रेन्ज विश्वसनिय मान्नै सकिदैन । त्यसैले भारतमा उत्पादन हुने ईभीले तोके अनुसारको रेन्ज दिदैन र ग्राहकको गुनासो धेरै आउने गर्छ ।
फ्रान्स, जर्मनी, बेलायत, अमेरिका, भारत, चीन, जापान जस्ता देशले कम्बस्चन इन्जिन र इलेक्ट्रीक दुबै गाडीको माइलेज वा रेन्ज परिक्षण गर्दै आएका छन् । ती मध्ये अहिलेसम्मको सबैभन्दा विश्वसनीय परिक्षण डब्लूएलटी नै हो । यो पुरै यूरोपको साझा संस्थाको रुपमा विकसित भएको छ ।


