अपाचे आरटीआर १६० फोर भीकाे स्पेशल एडिशन सार्वजनिक, थपियो नयाँ फिचर

काठमाडौं । टीभएस मोटर्सले अपाचे आरटीआर १६० फोर भीको नयाँ एडिशन सार्वजनिक गरको छ । कम्पनीले अपाचे आरटीआर १६० फोर भीको ‘स्पेशल’ एडिशन सार्वजनिक गरेको हो ।

२०२३ मोडल यो मोटरसाइकलमा नयाँ ग्रफिकको प्रयोग गरिएको छ । यो मोटरसाइकल भारतीय बजारमा विक्री सुरु भइसकेको छ भने यसको मूल्य १ लाख ३० हजार ९० रुपैयाँ (एक्स सोरुम) मूल्य तोकिएको छ ।

कम्पनीले यसमा केही मेकानिकल परिर्वतन समेत गरेको छ । टीभीएसले यसमा केही नयाँ ‘फ्रस्ट इन सेग्मेन्ट’ फिचर थप गरेर ल्याएको हो । स्पेशल एडिशन मोटरसाइकल म्याट ब्ल्याक र पर्ल ह्वाइट कलरमा उपलब्ध रहेको छ ।

यो मोटरसाइकलमा पुरानै इन्जिनलाई निरन्तरता दिइएको छ । यसमा १५९.७ सीसी सिंगल सिलिन्डर, आयल कुल्ड, फोर भी इन्जिन रहेको छ । यो इन्जिनले १७.३० बीएच पावर र १४.७३ एनएम टर्क जेनेरेट गर्छ ।

कम्पनीले १६० फोर भीमा राइडिङ दिएको छ । यसमा अर्वन, स्पोर्टस र रेन मोड दिइएको छ । यसको टप स्पीड ११४ किलोमिटर रहेको छ । त्यस्तै यसमा कम्पनीले एक्जष्टलाई परिमार्जन गरेको छ भने, यसको साउन्ड अझै उत्कृष्ट भएको कम्पनीले जनाएको छ ।

कम्पनीले स्पेशल एडिशनमा कालो र रातो कलरको अलोय ह्वील दिएको छ । त्यस्तै, यसको सिट डवल टोन कलरको रहेको छ । कम्पनीले पहिलो पटक १६० सीसी मोटरसाइकलमा एडजष्टएवल ब्रेक तथा क्लच लिभर दिएको छ ।


Back_to_top