तीन भेरिएन्टमा आयो महिन्द्रा एक्सयूभी, यसरी गरियो सार्वजनिक

काठमाडौं । महिन्द्रा पेसेन्जर यूनिटको नेपालको लागि आधिकारीक वितरक अग्नी इन्कर्पोरेटडले महिन्द्राको बहुचर्चित मोडल ‘महिन्द्रा एक्सयुभी ५००’ को नयाँ भर्सन आज नेपाली बजारमा सार्वजनिक गरेको छ । 

नयाँ एक्सयूभी ५०० नेपाली बजारमा ३ वटा भेरिएन्टमा उपलब्ध रहेको छ । त्यसमा डब्लुभाईभ र डब्लुसेभन फ्रन्ट ह्विल ड्राईभ अफ्सनममा रहेकोछ भने, डब्लु इलाभेन अल ह्विल ड्राइभ अप्सनमा रहेको छ । जसको मुल्य क्रमश ६१ लाख ८० हजार, ६७ लाख ७० हजार तथा ८४ लाख ९५ हजार रहेको छ ।

यसमा पहिलाको एक्सयुभी ५०० भन्दा फरक सिक्स जनरेसन इलेक्ट्रोनिकल्ली कन्ट्रोल भेरायवल टर्वोचाजए ४ सिलीण्डरको एमहक १५५ डिजल इन्जीनको प्रयोग गरिएको छ । जसले १५५ बिएचपी पावर ३६० एनएम टर्क उत्पादन गर्छ जुन पहिलाको भन्दा १५ विएचपी पावर तथा ३० एनएम टर्क बडि रहेको छ । यसमा सिक्स स्पिडको म्यानुअल तथा अटोमेटिक ट्रासमिसन रहेको छ । 

यसको एक्टेरियरमा अगाडिको भागमा ठूलो ग्रिल दिइएको छ जसमा वरिपरि तथा विच धेरै भागमा क्रोम लगाइएको छ । यसको हेडलाईटमा ठूलो प्रोजेक्टर हेडल्याम्प रहेको छ साथै सब भन्दा माथि  एलईडि डेटाईम रनिङ्ग लाईट दिईएको छ ।

 

यसको बम्पर पनि सुधारिएको छ । यसको बम्परको बिचमा ठूलो एयरड्याम र क्रोम सहित दुई साइडमा टियर डक सेपको फग लाईट राखिएको छ । यसको टप भेरिएन्टमा १८ इन्चको डाइमण्ड कलटाईपको एलोय ह्विल रहेको छ । यसको टेलल्याम्पमा पनि परिवर्तन गरिएको छ । पहिलाको एक्सयुभीमा भर्टिकल टेलल्याम्प रहेको थियो भने यसमा बक्स टाईप टेलल्याम्प दिइएको छ । यसको बम्पर र रुफस्पोइलरमा पनि परिवर्तन गरिएको छ । 

यसको इन्टेरिएर पनि निकै परिमार्जीत गरिएको छ । यसको ड्यासबोर्डमा सफ्टटच मेलिरीयलको प्रयोग गरिएको छ जसमा लेदरटाईप फिनीस दिईएको छ । यसको ढोकाको भित्र पटि र स्टेरिङ ह्विलमा पनि लेदर प्रयोग गरिएको छ जसले यसको क्याविनको फिनिसीङ प्रिमियम देखिएको छ । यसको सिटमा लेदर सिट कभर रहेको छ । पुस स्टार्ट स्टपको वटम सुविधा रहेको यसको सेन्टर कन्सोलमा पियानो ब्ल्याक फिनीससिङ्ग सहित ७ इन्चको टचस्किृन इन्फोटेन्मेन्ट सिस्टम दिइएको छ जुन जीपीएस, अडियो भिडियो युएसबी र व्लुतुथ सपोर्ट सहितको छ । यसमा इलेक्ट्रिक सनरुफ तथा रियर पार्किङ्ग क्यामरा पनि रहेको छ ।

यसको हेडल्याम्प र वाईपर अटोमेटिक रहेको छ । यसमा राखिएको इन्फोटेन्मेन्ट सिस्टममा एन्डोइडअटो तथा इकोसेन्स सपोर्ट गर्छ । यो गाडि सुरक्षाको लागि ६ वटा एयरव्याग इबिडि, एबीएस, हिल होल्ड, हिल डिसेन्ट कन्ट्रोल, क्लासमा पहिलो पटक इमर्जेन्सी कल तथा सबै चक्कामा डिसब्रेक लगाईएको छ । 


Back_to_top