चेरी ब्राण्डका एसयूभीमा ६ लाख ५५ हजारसम्म छुट

काठमाडौं । चेरी ब्राण्डको आधिकारीक विक्रेत एसपीजी अटोमोवाइलले नयाँ वर्ष २०२३ लाई लक्षित गर्दै आफुले विक्री गर्दै आएको एसयूभीहरुमा विशेष छुटको स्कीम ल्याएको छ । कम्पनीले ल्याएको स्कीममा ६ लाख ५५ हजार रुपैयाँसम्म छुट पाउन सकिने उल्लेख छ ।

चेरीका एसयूभी किन्ने ग्राहकले ४ लाख ५० हजार रुपैयाँसम्म नगद छुट, एक वर्षको बीमा, एक वर्षसम्मको सवारी कर र एक्स्चेन्जमा आउनेलाई १ लाख रुपैयाँसम्म थप बोनस रकम दिने कम्पनीले जनाएको छ ।

चीनमा बनेका चेरीका टिगो सिरिजका एसयूभी नेपालमा विक्री हुँदै आएको छ । कम्पनीले टिगो ७ प्रो, टिगो ४ प्रो र टिगो ८ प्रो नेपालमा विक्री हुँदै आएका छन् । प्रतिस्पर्धी मूल्यमा उपलब्ध यी सबै एसयूभी फिचर लोडेड रहेका छन् ।


Back_to_top