डिजाइन, फिचर र कम्फर्टको आधारमा सस्तो लाग्ने आयोनीक-५ (मासिक किस्तासहित)

काठमाडौं । हुन्डाई मोटर्सको उत्पादन आयोनीक-५ विश्वभर लग्जरी क्रसओभरको रुपमा विक्री वितरण भइरहेको छ । विश्व बजारमा सुरुवाती मूल्य ४० हजार डलर हारहारी रहेको यो मोडलको टप भेरियन्टलाई भने ४७ हजार डलरसम्म पर्छ । यसको सफलताको कारण हुन्डाईले आयोनीक ५ को पर्फमेन्स मोडल पनि बजारमा ल्याउने तयारी थालेको छ ।

नेपालमा पनि सुरुमा ८१ लाख हाराहारीमा विक्री सुरु भएको आयोनीक-५ को मूल्य अहिले १ करोड १६ लाख ९६ हजार रुपैयाँ पुगेको छ । चालु आर्थिक वर्षको बजेट मार्फत भएको नयाँ कर ब्यवस्था अनुसार आयोनीक-५ मा भन्सार ३० प्रतिशत, अन्तःशुल्क ३० प्रतिशत, भ्याट १३ प्रतिशत र सडक निर्माण दस्तुर ५ प्रतिशत लाग्नेछ । आयोनीक-५ नेपाल आउँदा यसमा १५ प्रतिशत भन्सार, १३ प्रतिशत भ्याट र ५ प्रतिशत सडक निर्माण दस्तुर लाग्थ्यो ।

त्यही बढेको कारको कारण ३५ लाख मूल्य बढेसँगै धेरै मानिस यसलाई आफ्नो ग्यारेजमा लानबाट हच्केका थिए । प्रिमियम फिचर, भविष्य उन्मुख डिजाइन र उत्कृष्ट रेन्ज दिने कारण यसलाई लग्जरी क्रसओभरको कोटीमा राख्न सकिन्छ । अझ भन्नु पर्दा यत्तिको फिचर भएको अन्य कम्बस्चन कार किन्दा २ करोड रुपैयाँभन्दा बढी तिर्नु पर्छ । त्यस आधारमा आयोनीक-५ सस्तो लाग्छ ।

अहिले विश्व बजारमा निकै सफल मानिएको आयोनीक-५ तपाईले किन्न चाहेको खण्डमा मूल्यको २० प्रतिशत डाउन पेमेन्ट गरेर बाँकी रकम बैंकबाट कर्जा पाउने अवस्था छ । पछिल्ला दिनमा बैंकले पनि ईभी किन्ने ग्राहकलाई १३ प्रतिशत हाराहारीमा कर्जा सुविधा उपलब्ध गराएको कारण पैसा हुने मानिसको रोजाईमा आयोनीक-५ पर्नु स्वभाविक देखिन्छ ।

यदि तपाईले गाडीको मूल्यको २० प्रतिशत रकम डाउन पेमेन्ट गरेर आयोनीक-५ किन्नु भयो भने ९३ लाख ५६ हजार ८०० रुपैयाँ कर्जा लिनु पर्ने हुन्छ । गाडीको मूल्य १ करोड १६ लाख ९६ हजार रुपैयाँको २० प्रतिशतले हुन आउने २३ लाख ३९ हजार २०० रुपैयाँ डाउन पेमेन्ट वापत सुरुमा बुझाउँदा पुग्छ । यसरी आयोनीक-५ किन्ने ग्राहकले ७ वर्षसम्म मासिक १ लाख ७० हजार हाराहारी मासिक किस्ता बुझाउँदा पुग्छ ।

किन प्रिमियम छ आयोनीक-५ ?

हुन्डाईले ८०० भोल्ट इलेक्ट्रीकल आर्किटेक्चरमा तयार गरेको आयोनीक-५ विश्वमा धेरै अवार्ड जित्न सफल मोडल हो । यसले अहिलेसम्मकै छिटो चार्ज हुन सक्ने ईभीको रुपमा आफ्नो पहिचान बनाउन सफल भएको छ । यसलाई १८ मिनेटमा नै १० देखि ८० प्रतिशत चार्ज गर्न सकिने छ । यसले ३५० किलोवाट क्षमताको फास्ट डीसी चार्जर सर्पोट गर्नेछ ।

यूरोप, अमेरिकी र एशियाली देशमा यसको प्रतिक्षा बढ्दो रहेको छ । हुन्डाईले नेपाल ल्याएको आयोनीक-५ मा ५८ किलोवाट आवरको ब्याट्री दिइएको छ । यसमा १२५ किलोवाट क्षमताको मोटर पाउन सकिन्छ ।

सोलार रुफ, आफ्नो आवश्यकता अनुसार पूर्ण फोल्ड गर्न किल्ने सिट, अगाडि र पछाडि सार्न मिल्ने आमरेष्ट, ३० प्रतिशत पातलो सिट, रिसाइकल गरिएको प्लास्टीक वोटल र फेब्रिकबाट बनेको इन्टेरियर यसको मूल्य विशेषता हो । हुन्डाईले ३००० एमएमको ह्वीलवेस दिएको कारण यो गाडी निकै स्टेवल र आरामदायी रहेकै कारण यसलाई लग्जरी कार मान्न सकिन्छ ।


Back_to_top