तयार हुँदै फक्सवागेनको इलेक्ट्रीक पीकअप, फोर्ड रेन्जर जस्तै हुने

काठमाडौं । फक्सवागेनले फोर्डसँगको सहकार्यमा नयाँ विद्युतीय पिकअप उत्पादन गर्ने भएको छ । कम्पनीले निर्माण गर्न लागेको नयाँ पीकअप फोर्डको ‘कन्भेन्सनल मोनोकक्यू प्लेटफर्म’मा आधारित छ । नयाँ जेनेरेशन फोर्ड रेन्जर पनि यहि प्लेटफर्ममा बनेको हो ।

यसमा फोर्ड रेन्जर ईभीमा प्रयोग भएको ‘ल्याडर फ्रेम च्यासिस’ प्रयोग हुनेछ । यो ल्याडर फ्रेम सेट-अपमा बन्ने फक्सवागेनको पहिलो ईभी हुनेछ । फोर्डले विकास गरेको यो चेसिस फोर्थ जेनेरेसन फोर्ड रेन्जर पीकअपमा पनि प्रयोग भइरहेको छ । यसले हाल पेट्रोल, डिजेल र पेट्रोल-इलेक्ट्रीक, प्लग-इन हाइब्रिड जस्ता पावर ट्रेन सपोर्ट गर्छ ।

सन् २०२३ मा नै बजारमा आउने फक्सवागेनको इलेक्ट्रीक पीकअप कन्सेप्टको नाम ‘आइडी रग्ड्ज’ राखिएको छ । तर, यसको नाम आधिकारीक घोषणा भएको छैन ।

फक्सवागेन आइडी रग्ड्ज फोर ह्वील ड्राइभ अप्सनमा आउने छ । यसको बाहिरी डिजाइन र लूक्स नयाँ अमारोक र फोर्ड रेन्जरसँग मिल्दोजुल्दो देखिन्छ । साथै, यसको इन्टेरियर पनि निकै फिचर लोडेड हुनेछ ।

फक्सवागेनले नयाँ पीकअपमा न्युनतम ११० किलोवाट आवर क्षमताको ब्याट्री दिने छ । यसको रेन्ज लगायतका विषयमा अहिले कुनै जानकारी प्रप्त भएको छैन ।


Back_to_top