काठमाडौं । डिलरहरुले पुसको दोस्रो सातामा नै बुकिङ लिन सुरु गरेको सुजुकी ग्राण्ड भिटाराको सिजी मोटोकर्पले आधिकारीक बुकिङ खुल्ला गरेको छ । कम्पनीले अबको १५ दिन भित्र विक्री सुरु गर्ने तयारी गर्दै बुकिङ खुल्ला गरेको हो ।
सिजी मोटोकर्पले ग्राण्ड भिटाराको हाइब्रिड इन्जिनमा विटा र अल्फा भेरियन्ट ल्याउने भएको छ । यी दुबै भेरियन्टमा अटोमेटीक गियरबक्स र ईड्राइभ टेक्नोलोजी जडान भएको छ ।
कम्पनीले यसको मूल्य आधिकारीक रुपमा घोषणा नगरेपनि डिलरहरुका अनुसार विटा भेरियन्टको मूल्य ८५ लाख ९९ हजार र अल्फा भेरियन्टको मूल्य ८९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।
ग्रान्ड भिटाराको माइल्ड हाइब्रिड इन्जिनमा भने अल्फा भेरियन्ट मात्रै उपलब्ध हुनेछ । कम्पनीले अल्फा भेरियन्ट म्यानुयल गियरबक्स टु ह्वील ड्राइभ अप्सनको मूल्य ७४ लाख ९९ हजार तोकेको छ । त्यसैगरी यसको फोर ह्वील ड्राइभ भेरियन्टको मूल्य ८० लाख ९९ हजार रुपैयाँ रहेको छ ।
यसअघि दुई इन्जिनको टप भेरियन्ट मात्रै नेपाल आउने भनिएको थियो । अहिले ग्राण्ड भिटारा बुकिङ गर्न चाहने ग्राहकले २० हजारदेखि १ लाख रुपैयाँसम्म तिरेर बुकिङ गर्न सक्ने छन् ।
ई ड्राइभ सिस्टम भएको भिटारामा प्रयोग गरेको १४९० सीसीको इन्जिनसँग सिन्क्रोनास एसी मोटर जडान गरिएको छ । उक्त इन्जिनको संयुक्त पावर ११४ बीएच र टर्क १४१ एनएम रहेको छ । यसको माइलेज अविश्वसनिय छ । कम्पनीले प्रतिलिटर २७.९७ किलोमिटर माइलेज रहने दावी गरेको छ । यसमा ई–सिभीटी गियरबक्समा उपलब्ध रहेको छ ।

ग्राण्ड भिटाराको नेचुरल्ली एस्पीरेटेड १.५ लिटर फोर सिलिण्डर, के१५सी ड्यूलजेट पेट्रोल इन्जिन भएको भेरियन्ट उपलब्ध छ । उक्त इन्जिनले १०२ हर्सपावर र १३६ एनएम टर्क जेनेरेट गर्छ । कम्पनीले भिटारामा ५ स्पीड म्यानुअल र ६ स्पीडको टर्क कन्भटर गियरबक्स दिएको छ ।
सेफ्टी फिचरको रुपमा टप स्पेक भिटारामा ६ वटा एयरव्याग, इलेक्ट्रोनीक स्टेविलीटी कन्ट्रोल, टायर प्रेसर मोनिटरीङ सिस्टम र चारवटै चक्कामा डिसब्रेक दिइएको छ । साथै, चालकको सहजताका लागि हिलहोल्ड असिस्ट, हिल डिसेन्ट कन्ट्रोल र टीपीएमएस जस्ता सुविधा उपलब्ध छ ।
मारुती सुजुकीले ग्राण्ड भिटारामा आफ्नो कारहरु मध्ये पहिलो पटक पानारोमीक सनरुफ पनि दिएको छ । भिटारामा ४० भन्दा बढी कनेक्ट फिचर सहितको ९ इन्चको टचस्कृन इन्फोटेन्मेन्ट सिस्टम र फुल्ली डिजिटल इन्ट्रुमेन्टर क्लस्टर पाउन सकिन्छ ।

टप भेरियन्टमा अगाडि दुबै सिटमा भेन्टीलेटेड सिट छ भने ३६० डिग्री सराउण्ड भ्यू क्यामेरा, वायरलेस चार्जर, डिभाइस लेफ्ट अलर्ट सिस्टम पनि पाउन सकिन्छ ।
ग्राण्ड भिटारामा अलह्वील ड्राइभ फिचरका साथै अटो, स्नो, स्पोर्टसका साथै लक टेरेन मोड समेत छ । ड्राइभ कम्फर्टका लागि ईभी, इको, पावर र नर्मल गरी चारवटा ड्राइभ मोड पाउन सकिन्छ ।

