काठमाडौं । जनरल मोटर्सको बहुप्रतिक्षित एसयूभी मोडल २०२४ जीएमसी हम्मर ईभीको उत्पादन सुरू भएको छ । कम्पनीले अमेरिकाको डिट्रोइट ह्यामट्राम्क एसेम्बल प्लान्टमा सोमबार (जनवरी ३० तारिख) देखि ईभी उत्पादन सुरू गरेको हो ।
सवारी उत्पादन सुरू भएसँगै ग्राहकले बुकिङ लिएका गाडी यसै वर्षको पहिलो त्रैमासिकको अन्त्य सम्ममा लिनसक्ने बताइएको छ । यो इलेक्ट्रीक एसयूभी अल्टियम प्लेटफर्ममा आधारीत रहेर तयार पारिएको छ ।

कम्पनीका अनुसार २०२४ जीएमसी हम्मर ईभीमा तीनवटा मोटर जडान गरिएको छ । यसको अल ह्वील ड्राइभको संयुक्त पावर ८३० हर्स पावर रहेको छ । यो ईभी ३।५ सेकेन्डमा शून्यदेखि ६० किलोमिटर प्रतिघण्टाको स्पीडमा गुड्न सक्छ । यसले आकर्षक रेन्ज दिने अनुमान गरिएको छ ।
२०२४ जीएमसी हम्मर ईभी एसयूभीको ह्वीलबेस ३२१८ एमएम रहेको छ । यो हम्मर ईभी पिकअपको तुलनामा ९ इन्च छोटो हो ।

कम्पनीले यो एसयूभीलाई ८०० भोल्ट र ३०० किलोवाटसम्मको डीसी फास्ट चार्जरबाट चार्ज गर्न सकिने जनाएको छ ।
२०२४ जीएमसी हम्मर ईभी एसयूभीबारे थप प्राविधिक विवरण र मूल्य भने हाल बाहिरिएको छैन । तर, पहिलो युनिट भने जनवरी २८ मा ब्यारेट ज्याक्सन स्कट्सडेलमा आयोजित लिलामीमा ५ लाख डलरमा विक्री भएको थियो ।

