चलाउँदा चलाउँदै टेस्ला मोडल वाईको स्टेरिङ भाँचिएपछि…

काठमाडौं । अटोमोवाइलमा हुने साना ठूला दुर्घटना समाचार बन्ने गर्छन् । विशेषगरी मानव सुरक्षासँग जोडिएको विषय भएकै कारण दुर्घटना न्यूनिकरण गर्नकै लागि सवारीसाधन दुर्घटनालाई विशेष प्राथमिकता दिने गरिन्छ ।

त्यसमा पनि गाडी उत्पादकको कमजोरी र क्वालीटीको कारण हुने दुर्घटना विशेष समाचार बन्ने गर्छन् । यस्तै एक घटना भएको छ, अमेरिकी कार उत्पादक टेस्लाको मोडल वाईमा । उक्त कार सडकमा गुडिरहेको समयमा स्टेरिङ भाँचिएपछि अहिले यो विषय चर्चामा रहेको हो ।

अमेरिकामा भएको यो घटना जनवरी ३० तारिखको हो । यसअघि पनि बडी प्यानल ग्याब, पेन्टस्, प्लाष्टीक प्यानल जस्ता महत्वपूर्ण सेक्सनमा कमजोर क्वालीटीको सामान प्रयोग गरेको आरोप लाग्दै आएको टेस्लाको स्टेरिङ नै भाँचिएपछि यसको विश्वभर ब्यापक आलोचना भइरहेको छ ।

ट्वीटर यूजर @preneh24  ले आफ्नो एकाउन्टबाट स्टेरिङ ह्वील भाँचिएको तस्विर सार्वजनिक गरेसँग यसको गुणस्तरको विषयमा बहस सुरु भएको हो । उनले जनवरी २४ तारिखमा डेलिभरी लिएको टेस्ला मोडल वाईको केबल एक हप्ताभन्दा कम समयमा स्टेरिङ ह्वील भाँचिएको हो । यो दुर्घटनामा उनको पछाडि कुनै साधन नभएको कारण आफु सुरक्षीत रहेको उनले उल्ल्ेख गरेका छन् ।

यस्तै प्रकृतिको दुर्घटना सन् २०२० मा टेस्ला मोडल थ्रीमा भएको थियो । डेलिभरी लिएर करिब ५०० किलोमिटर चलाउने वित्तिकै स्टेरिङ भाँचिएको थियो । त्यतिबेला टेस्लाले गाडी मगाएर त्यसको समस्या समाधान गरेर ग्राहकलाई पठाएको थियो ।

अहिलेको घटनामा कम्पनीले त्यो समस्या समाधान गर्न उल्टै रिपियर चार्ज लगाएको छ । यो घटनाले आफ्नो टेस्ला प्रतिको विश्वास सकिएको ग्राहकले प्रतिक्रिया दिएका छन् ।


Back_to_top