काठमाडौं । भारतमा विद्युतीय सवारीसाधनको मूल्य घट्ने भएको छ । बुधबार भारतीय अर्थमन्त्री निर्मला सीतारमणले आर्थिक वर्ष २०२३/२४ का लागि बजेट प्रस्तुत गर्दै कार, स्मार्टफोन, टेलिभिजन जस्ता विद्युतीय सामानहरुमा लाग्दै आएको भन्सार शुल्क कम गर्ने घोषणा गरेकी हुन् ।
उनले विद्युतीय सवारी साधनका लागि बनाइने ब्याट्रीमा प्रयोग हुने सामग्री तथा औजारमा सन् २०२४ मार्च ३१ सम्म कुनै पनि भन्सार शुल्क नलाग्ने घोषणा गरेकी छिन् ।
यससँगै अब भारतमा उत्पादन हुने विद्युतीय कार, मोटरसाइकल लगायत सामानको मूल्य घट्ने भएको हो । यद्यपि, विदेशबाट आयात हुने कम्बस्चन र विद्युतीय गाडी दुवैको कर भने बढाएको छ ।


