भारतबाट बढेर आयो डिजेल/पेट्रोलको भाउ, प्रतिलिटर कति ?

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा पेट्र्रोलियम पदार्थको मूल्य बढेसँगै नेपालमा पनि भाउ बढेर आएको छ । भारतीय आयल निगमले बुधबार पेट्र्रोलियम पद्धार्थको भाउ बढाएर नयाँ मूल्यसूची पठाएको हो ।

आइओसीबाट प्राप्त खरिद मूल्यसूची अनुसार पेट्रोलमा प्रतिलिटर ८।०१ रुपैयाँ, डिजेलमा ७।९८ रुपैयाँ भाउ बढेर आएको निगमले जनाएको छ ।

त्यस्तै, हवाई इन्धनमा प्रतिलिटर ७।८० रुपैयाँ र मट्टीतेलमा ४।६१ रुपैयाँ बढेर आएको छ । भाउ बढेर आएसँगै निगम फेरि घाटामा जाने भएको छ ।

गत भदौदेखि लगातार नाफामा रहेको निगमलाई आगामी १५ दिनमा ९ करोड बढी घाटा हुने जनाइएको छ । यद्यपि, निगमले बढेर आएको भाउ अनुसार मूल्य बढाउने नबढाउने बारे केही बताएको छैन ।

निगमले इण्डियन आयल कर्पोरेशनलाई भुक्तानी गर्नुपर्ने रकम, पुरानो बक्यौता एवं नेपाल सरकारलाई तिर्नुपर्ने ऋण समेत गरी अझै पनि करिब १८ अर्ब बाँकी छ ।


Back_to_top