काठमाडौं । बजाज अटोले २०२३ मोडल बजाज चेतक सार्वजनिक गर्ने भएको छ । कम्पनीको एकमात्र इलेक्ट्रीक स्कुटरको नयाँ भर्सन आउने भएको हो ।
कम्पनीका अनुसार २०२३ मोडल बजाज चेतकले पुरानो मोडलको तुलनामा १८ किलोमिटर धेरै रेन्ज दिनेछ । बजाज अटोले सन् २०२१ को अन्तिममा बजाज चेतकलाई इलेक्ट्रीक स्कुटरको रूपमा पुनः बजारमा ल्याएको थियो । कम्पनीले पहिलो पटक अपडेट गरेर २०२३ मोडल ल्याउने भएको हो ।
बजाजले २०२२ मो चेतक इलेक्ट्रीक स्कुटर ३० हजार यूनिट विक्री गर्न सफल भएको छ । कम्पनीले इलेक्ट्रीक स्कुटर उत्पादन क्षमतका कारण स्कुटरको विक्री कम देखिएको छ । बजाजले इलेक्ट्रीक स्कुटर तथा मोटरसाइकल उत्पादनका लागि ठूलो रकम लगानि गरिसकेको छ । साथै, इलेक्ट्रीकको लागि डेडिकेटेड प्लान्ट स्थापना समेत गरिसकेको छ । २०२३ मा कम्पनीले चेतकको विक्री डबल गर्ने योजना बनाएको छ ।
कम्पनीले २०२३ मोडल चेतकमा पनि पुरानै ब्याट्रीलाई निरन्तरता दिएको छ । यसमा ५०।४ भोल्ट ५७।२४ एम्पीयर आवरको लिथियम आयन ब्याट्री प्याक दिइको छ । यसमा ४।२ किलोवाट पिक पावरको मोटर जडान गरिएको छ । कम्पनीका अनुसार २०२२ मोडल चेतकले इको मोडलमा ९० किलोमिटर र स्पोटर्स मोडमा ८० किलोमिटर रेन्ज दिन्छ भने २०२३ मोडल चेतकले इको मोडमा १०८ किलोमिटरसम्म रेन्ज दिन्छ ।
बजाज मोटरसाइकल नेपालमा सर्वाधिक विक्री हुने ब्राण्डमा पर्छ । नेपालमा बजाजका उत्पादन हंशराज हुलास चन्द एण्ड कम्पनीले विक्री वितरण गर्दै आएको छ । कम्पनीले पछिल्लो ३ वर्षदेखि नेपालमा नै मोटरसाइकल एसेम्वल गर्दै आएको छ ।
हंशराज हुलास चन्द एण्ड कम्पनीले नेपाली बजारमा बजाज चेतक सार्वजनिक गर्ने तयारी थालेको छ । कम्पनीले नेपाली नयाँ वर्षसम्ममा नेपालमा चेतक विक्री सुरू गर्ने अपेक्षा गर्न सकिन्छ ।


