दैनिक १११ रुपैयाँमा यामाहा स्कुटर

काठमाडौं । यामाहाले दैनिक १११ रुपैयाँमा स्कुटर किन्न सकिने अफर ल्याएको छ । यामाहाको यो स्कीम यामाहा रेजेड-आर स्कुटरका लागि ल्याएके हो ।

कम्पनीले ल्याएको यो स्कीममा ग्राहकले दैनिक १११ रुपैयाँ किस्तामा वा १ प्रतिशत ब्याजमा यामाहा रेजेड-आर ११३ स्कुटर खरिद गर्न सक्नेछन ।

यामाहाको ‘की टू द गोल्डेन हार्ट’ योजना अन्र्तगत रेजेड-आर ११३ खरिद गर्दा ग्राहकले १ प्रतिशत मात्र ब्याज लाग्ने स्कीममा वा दैनिक १११ रुपैयामा स्कुटर चढ्न सक्नेछन् ।

ग्राहकले १ प्रतिशत मात्र ब्याज लाग्ने स्कीम छनोट गर्दा ६० प्रतिशत डाउन पेमेन्ट गर्नु पर्ने हुन्छ । यस बाहेक बाँकी रकम ग्राहकले १२ महिनाको किस्तामा बुझाउनु पर्ने हुन्छ ।

ग्राहकले आफ्नो आवश्यकता अनुसार १८, २४ र ३० महिनाको मासिक किस्तासमेत छनोट गर्न सक्नेछन् । यसमा ग्राहकले क्रमश ५ प्रतिशत, ८ प्रतिशत र १० प्रतिशत ब्याज तिर्नुपर्ने हुन्छ । ग्राहकले १ प्रतिशत मात्र ब्याज लाग्ने स्कीममा ७ हजार ३७० रुपैयाँ मासिक किस्ता तिनुपर्छ ।

त्यसैगरी, दैनिक १११ रुपैयाँ किस्तामा पनि ६० प्रतिशत नै डाउन पेमेन्ट गर्नुपर्छ । यो स्कीममा ३० महिनाको मासिक किस्ता गर्दा दैनिक १११ रुपैयाँका दरले मासिक ३ हजार ३२५ रुपैयाँका दरले किस्ता बुझाउनु पर्छ । यसमा ग्राहकले १० प्रतिशत ब्याज तिर्नुपर्छ ।


Back_to_top