१६ औँ टोयोटा ड्रिम कार आर्ट कन्टेस्टका विजेता घोषणा

काठमाडौं । टोयोटाले १६ औँ ड्रिम कार आर्ट कन्टेस्ट विजेता घोषणा गरेको छ । टोयोटाका लागि नेपाल स्थित आधिकारिक बिक्रेता युनाईटेड ट्रेडर्स सिन्डिकेट प्रालिले भोईथ कम्प्लेक्समा आयोजित एक कार्यक्रमका बीच विजेताको घोषणा गर्दै उनीहरूलाई पुरस्कार र प्रमाणपत्र सहित सम्मान गरेको हो ।

उक्त कार्यक्रममा युटिएसका निर्देशक बेद बहादुर श्रेष्ठ, बरिष्ठ निर्देशक कैलाश भक्तराज भण्डारी, स्पेयर्स पार्ट्स विभाग प्रमुख रेखा शाह कार्की लगायत निर्णायक मण्डलमा बसेका सदस्यले विजेता बनेका संगी श्रेष्ठ र सरिता श्रेष्ठलाई पुरस्कार तथा ट्रोफि हस्तान्तरण गरेका थिए ।

टोयोटा ड्रिम कार आर्ट कन्टेस्ट गत डिसेम्बर २०२२ देखि जनवरी २०२३ सम्म सञ्चालन भएको थियो। यसमा कार्यक्रममा १६ विद्यालयका ४८५ प्रतियोगीहरूले सहभागिता जनाएका थिए ।

प्रविष्टिहरु मध्ये प्रत्येक प्रविष्टि कोटीका शीर्ष ३ कलाकृतिहरू विजेताको रुपमा चयन गरिएको थियो । जुन जापानमा आयोजना हुने वल्ड कन्टेस्ट २०२३ कालागि नेपालको प्रतिनिधित्व गर्दै प्रवेश गर्न सफल भएका थिए ।

टोयोटा ड्रिम कार आर्ट प्रतियोगिता सन् २००४ देखि सञ्चालन हुँदै आएको छ यस कार्यक्रममा टोयोटा नेपालले भने एक दशकभन्दा बढी देखि नै आफ्नो सहभागिता जनाउँदै आएको छ ।


Back_to_top