काठमाडौं । जगदम्वा मोटर्सले नेपालमा नै पहिलो पटक क्रस वोर्डर एओजी राइड आयोजना गर्ने भएको छ । ‘माक्र्यु राइड’ नाम दिइएको यो राइड जगदम्वाले आयोजना गर्ने लागेको पहिलो अन्तराष्ट्रिय राइड हो ।
जगदम्वा मोटर्सले हालसम्म २८ वटा भन्दा धेरै एओजी (अपाचे ओनर्स ग्रुप) राइड सम्पन्न गरिसकेको जनाएकाे छ ।
अपाचे ग्राहकले पहिलो पटक आयोजना हुन लागेको अन्तराष्ट्रिय राइडमा सहभागीता जनाउने अवशर पाउने भएका हुन्र । यसमा भारत बंग्लादेश तथा नेपालका अपाचे ओनर्सहरु सहभागी हुनेछन् ।
यो राइड २१ दिन लामो हुने तथा ६ हजार ५०० किलोमिटर लामो यात्रा हुने कम्पनीले जनाएको छ ।
माक्र्यू राइड काठमाडौंबाट सुरु भएर रक्सौल, गया, राउरकेला, सारंगढ, गोंदिया, अमरावती, औरंगावाद, सातारा, गोवा, उडुपी, मैसुर, तिरुपती, कोलकाता हुँदै काठमाडौं आएर सम्पन्न हुनेछ । यो क्रममा राउरकेलामा नेपाल र बंग्लादेशका राइडहरु भेटभई सँगै राइड गर्नेछन् ।
यसै क्रममा राइडहरुले भारतको विभिन्न पर्यटकीय स्थलको भ्रमण गर्नेछन् भने भारतको गोवामा मार्च ३ र ४ मा आयोजना हुने ‘मोटो शोल २०२३’ को अवलोकन गर्ने अवसर पाउने छन ।
यो राइडमा सहभागी हुन सवारी चालक अनुमति पत्रका साथै अपाचे मोटरसाइकल अनिवार्य गरिएको छ । यो कार्यक्रममा सहभागी हुन चाहने राइडले यहाँ क्लिक गरेर अन्य जानकारी लिन सक्नेछन्।

