‘हिल होल्ड एसिस्ट’ फिचरसहित आयो मारुती सुजुकी इग्निस

काठमाडौं । मारुती सुजुकीले आफ्नो प्रिमियम ह्याचब्याक इग्निस मोडलमा नयाँ सेफ्टी फिचर्स अपग्रेड गरेको छ । कम्पनीले यो मोडलमा नयाँ फिचर्स थप गरेसँगै मूल्य पनि बढाएको हो ।

मारुती इग्निसको सबै भेरियन्टमा हिल होल्ड असिस्ट फिचर थप गरिएको छ । अब आउने नयाँ इग्निसमा ई२० फ्यूल कम्प्याकटिबिलीटी सहितको रियर ड्राइभिङ इमिसन ‘आरडीई’ कम्प्लायन्ट हुनेछ ।

त्यसबाहेक, यस ह्याचब्याक मोडलमा इलेक्ट्रोनिक स्टेबीलीटी प्रोग्राम, एबीएस, चाइल्ड सेफ्टीका लागि आइसोफिक्स सिट लगायत सेफ्टी फिचर्स थप गरिएको छ । यसको अलावा अन्य कुनै ठूलो परिवर्तन भने गरिएको छैन ।

यसको क्याबिन, डिजाइन र इन्जिन भने पुरानै रेगुलर मोडलको जस्तै रहेको छ । सुरक्षा फिचरमा ड्युल फ्रन्ट एयरब्याग, ईबीडी, सिट बेल्ट रिमाइन्डर, हाई स्पीड अलर्ट सिस्टम सबै भेरियन्टमा उपलब्ध रहेको छ । यसमा एलइडी हेडलाइट, डीआरएल, ७ इन्चको टचस्क्रिन, एपल कारप्ले र एन्ड्रोइड अटो दुवै सपोर्ट गर्ने कनेक्टिभिटी लगायत फिचर्स पनि समावेश गरिएका छन् ।

मारुती इग्निसमा १.२ लिटर बिएस ६ फेज टु कम्प्लाएन्ट प्रदुषण मापदण्ड अनुसारको पेट्रोल इन्जिन उपलब्ध रहेको छ । यसले ८३ बीएचपी उच्चतम् पावर र ११३ एनएम टर्क जेनरेट गर्छ । उक्त इन्जिनमा फाइभ स्पीड म्यानुअल र फाइभ स्पीड अटोमेटिक गियरबक्स दिइएको छ ।

यो गाडीको डाइमेन्सन हेर्दा, यसको ३७०० एमएम लम्बाई, १६९० एमएम चौडाई र १५९५ एमएम उचाई रहेको छ ।

नेपाली बजारमा पनि मारुती सुजुकीको इग्निस बिक्री वितरण भइरहेको छ । नेपालमा सीजी मोटोकर्पले मारुती सुजुकीका गाडी आधिकारिक रुपमा बिक्री वितरण गर्दै आएको छ ।


Back_to_top