सेगवेको नयाँ सोरुम पोखरामा, हरेक स्कुटर विक्री पश्चात रुख रोपिने

काठमाडौं । इलेक्ट्रीक स्कुटर सेगवेको नयाँ शोरुम पोखरामा संचालनमा आएको छ । सेगवे ई-स्कुटरको नेपालका लागि आधिकारिक वितरक आईहब प्रालिले पोखराको पुरानो विमानस्थल नजिकै नयाँ शोरुम संचालनमा ल्याएको हो ।

शोरुम उद्धघाटनको क्रममा कम्पनीले हरेक एक स्कुटरको विक्री पश्चात एक विरुवा रोप्ने घोषणा गरेको छ । यस पहलले वातावरणलाई पनि फाइदा पु¥याउँदै आफ्ना उपभोक्ताहरूलाई प्रशंसा गर्ने उत्कृष्ट माध्यम भएको कम्पनीकोे भनाइ छ ।

बिक्रीको अतिरिक्त, पोखराको सेगवे शोरुमले ग्राहकहरूलाई उत्कृष्ट सेवाको साथमा स्पेयर पार्ट्स तथा प्रशिक्षित प्राविधिक टोलीद्धारा स्कुटरको मर्मत सम्भार सेवा उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

नयाँ शोरुममा सेगवेका लोकप्रिय ईलेक्ट्रिक स्कुटरहरु, व्यक्तिगत ट्रान्सपोर्टरहरु र अन्य मोबिलिटी सोलुसनहरु प्रदर्शनमा राखिने छन्, साथै ग्राहकहरुले ई-स्कुटरहरुको निरीक्षण र टेस्ट–रईड तथा खरिद गर्न सक्ने कम्पनीको भनाई छ ।

नेपाली बजारमा सेगवे ई-सिरिज अन्तर्गतका ई-१००, ई-१२५ र ई-११० एल र एन १०० स्कुटर स्कुटर उपलब्ध रहेको छ ।


Back_to_top