रोयल इनफिल्डको ‘रिसेस राइड टू बन्दीपुर’ आयोजना हुँदै

काठमाडौं । रोयल इनफिल्डको नेपालका लागि आधिकाकिर विक्रेता कम्पनी अल्फा अटोमोटिभले ‘रिसेस राइड टू बन्दीपुर’ आयोजना गर्ने भएको छ ।

रोयल इनफिल्ड ग्राहकहरूले भाग लिन सक्ने रिसेस राइड फागुन १९ र २० गते दुई दिन हुने भएको हो । यो राइड काठमाडौंदेखि तनहुँको बन्दीपुरसम्म हुनेछ ।

कम्पनीका अनुसार फागुन १९ गते नक्सालमा निर्माणाधीन नयाँ शोरुमबाट सुरु हुने राइड थानकोट–नागढुगां–नौबिसे–कुरिनटार, मुग्लिन–डुम्रे हुँदै बन्दीपुर पुग्ने छ भने २० गते सोही रुट हुँदै काठमाडौं फर्कने छ ।

यस राइडको मुख्य उद्देश्य सडक सुरक्षा, सवारी सुरक्षा सचेतनाका साथै आन्तरिक पर्यटन प्रबद्र्धनमा टेवा पुर्याउने रहेको कम्पनीले बताएको छ । साथै, राइडका क्रममा विभिन्न मनोरञ्नात्मक खेल तथा सांस्कृतिक र अन्तरक्रियात्मक कार्यकमहरू हुनेछन् ।

रोयल इनफिल्डका ग्राहकहरू अल्फा अटोमोटिभको सिटी सेन्टरमा रहेको विक्री केन्द्रमा गएर वा अनलाइन फारम भरेर यो राइडमा सहभागी हुन सकिने कम्पनीले जनाएको छ ।


Back_to_top