विलिङले कारपछि ल्यायो मोटरसाइकल

काठमाडौं । लोकप्रिय चिनियाँ कार निर्माता कम्पनी विलिङले मिनी इलेक्ट्रीक कारको सफलतापछि मोटरसाइकल ‘सेर्पाेल–१’ ल्याउने भएको छ । कम्पनीले निकै बोल्ड लुक्समा ल्याएको मोटरसाइकल इलेक्ट्रीक भने होइन ।

विलिङले आफ्नो पहिलो इलेक्ट्रीक मोटरसाइकलमा मस्कुलर डिजाइन, निकै आकर्षक ट्याङ्क र अपराइट ह्यान्डलबारको प्रयोग गरेको देखिन्छ ।

सार्प र स्टाइलिस बिकिनी फियरिङ्ग लुक्समा बनेको यो मोटरसाइकल झट्ट हेर्दा एमभी अगस्टा सुपरभेलोस ओराको झल्को दिने छ । जनाएको छ ।

विलिङ सेर्पोल-१ मा यूरो ५ मापदन्डको ४९४ सीसी प्यारालल ट्वीन, लिक्विड कुल्ड इन्जिन रहेको छ । उक्त इन्जिनले अधिकतम ५४ पीएस पावर प्रदान गर्छ । जुन होन्डा ५०० सीसीको मोटरसाइकलमा भन्दा धेरै पावर हो ।

कम्पनीले यो मोटरसाइकलमा ड्यूल च्यानल एबीएस, दुबै टायरमा एक्सियलको रेडियल डिस्क ब्रेक, टेलिस्कोपीक फर्क, ड्यूल सक अब्जर्बर, ट्युबलेस टायर, १३०/९० फ्याट टायरसँगै १६ इन्चको स्पोक ह्वील, सबै एलइडी लाइट जस्ता फिचरहरु समाबेस छन् ।

विलिङ सेर्पोल-१ मोटरसाइकलको मूल्य भने सार्वजनिक भएको छैन । हाल नेपाली बजारमा विलिङको कार उपलब्ध रहेको छ । मोटरसाइकलको विषयमा कुनै जानकारी प्राप्त भएको छैन ।


Back_to_top