काठमाडौं । जापानी ब्राण्ड टोयोटा र मित्शुवीसीले नेपालमा हाइब्रिड कार विक्री वितरण गर्दै आएका छन् । टोयोटाले हाइब्रिड र्याभफोर र मित्शुवीसीले प्लगइन हाइब्रिड आउटल्याण्डर विक्री गर्दै आएको छ ।
टोयोटा र्याभफोर ब्याट्री र इन्टरनल कम्बस्चन इन्जिन दुबैको सहायता गुडाउन मिल्ने कार हो । यसलाई मित्शुवीसी आउटल्याण्डर प्लगइन हाइब्रिड जस्तो ब्याट्री चार्ज गर्न विद्युतमा जोड्नु पर्दैन । यसमा रहेको ब्याट्री रिजेनेरेटीभ ब्रेकिङ सिस्टमको सहायताले चार्ज हुन्छन् ।
मित्शुवीसी आउटल्याण्डरलाई घरमा रहेको विजुलीको सहायताले चार्ज गर्नु पर्छ । यसमा इन्टरनल कम्बस्चन इन्जिनको पनि प्रयोग भएको हुन्छ । चार्ज सकिएपछि पेट्रोलबाट चलाउनु पर्छ ।
टोयोटाका गाडी युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले विक्री गर्दै आएको छ भने मित्शुवीसीका उत्पादन लियोन मोटर्सले आधिकारीक रुपमा विक्री वितरण गर्दै आएको छ ।
मूल्य
तुलनात्मक रुपमा हेर्ने हो भने टोयोटाका गाडी नेपालमा केहि महंगो छ । कम्पनीले टोयोटाको र्याभफोरको मूल्य १ करोड ८७ लाख रुपैयाँ कायम गरेर विक्री वितरण गर्दै आएको छ ।
त्यस्तै लियोन मोटर्सले आउटल्याण्डरको मूल्य १ करोड ५५ लाख निर्धारण गरेर विक्री गर्दै आएको छ ।
पावरट्रेन
टोयोटाले र्याभफोरमा १८.१ किलोवाट आवरको व्याट्री प्याक दिएको छ । यसमा रहेको इलेक्ट्रीक मोटरले ५४ पीएस पावर प्रदान गर्ने छ भने २.५ लिटर क्षमताको इन्जिनले १८२ पीएस पावर प्रदान गर्ने छ ।

त्यसैगरी, आउटल्याण्डरमा २३६० सीसी क्षमताको फोर सिलिण्डर इन्जिन प्रयोग भएको छ भने १३.८ किलोवाट आवर क्षमताको लिथियम आयोन व्याट्री दिइएको छ ।
मित्शुवीसीको आउटल्याण्डरमा भएको व्याट्रीले अधिकतम ८० किलोवाट (१०८ पीएस) पावर प्रदान गर्छ । यसको कम्बस्चन इन्जिनले भने १२६ पीएस पावर प्रदान गर्छ । यसमा स्वीचेवल गियरबक्स जडान गरिएको छ ।
चर्जिङ अवधि र रेन्ज
टोयोटाको र्याभफोरलाई चार्ज नै गर्नु पर्दैन । यसलाई पेट्रोल मोडमा चलाउँदा प्रतिलिटर २२ किलोमिटर माइलेज पाइने कम्पनीले दाबी गरेको छ ।
मित्शुवीसीको आउटल्याण्डरमा रहेको व्याट्रीलाई भने एक पटक फुल चार्जगर्दा ४० देखि ४५ किलोमिटरसम्म चलाउन सकिन्छ । घरायसी सामान्य विजुलीबाट यसमा रहेको व्याट्रीलाई ८ घन्टामा फुल चार्ज गर्न सकिन्छ ।

फिचर्स
मित्शुवीसीको आउटल्याण्डरमा एबीएस, इबीडी, ब्रेक एसिस्ट, एक्टीभ स्टेविलिटी, कन्ट्रोल, हिल स्टार्ट एसिस्ट, अटोमेटिक हाई बीम, व्लाइन्ड स्पर्ट वार्निङ, एयरव्याग, कटन एयरव्याग, चाइल्ड सेफ्टी लक जस्ता सुरक्षा फिचर पाउन सकिन्छ ।
यसमा १८ इन्चको आल्मुनियम अलोय ह्वील, अटोमेटीक एलइडी हेडल्याम्प, फगल्याम्प, सिल्भर बम्पर, झ्यालको वरपर क्रोम फिनिसिङ, हिटेड साइड मिरर, रेन सेन्सिङ वाइपर, पावर सनरुफ, रुफ स्पोइलर, सार्कफिन एन्टिना जस्ता प्रिमियम फिचर समेत समावेश छन् ।
कम्पनीले टोयोटा र्याभफोरमा भने ८ देखि १०.५ इन्चको नयाँ इन्फोटेन्टमेन्ट सिस्टम, टोयोटा अडियो मल्टीमीडीया सिस्टम, इन्टेलिजेन्ट एसिस्ट, क्लाउड नेभिगेशन जस्ता आधुनिक फिचर दिएको छ ।

यसमा १२.३ इन्चको डिजिटल इन्ट्रुमेन्ट क्लष्टर दिइएको छ । सुरक्षाको हिसावले पनि हाइब्रिड र्याभफोर ‘टोयोटा सेफ्टी सेन्स २.५’ स्टायडर्ड रुपमा आएको छ । यसमा डाइनामिक राडार क्रुज कन्ट्रोल, ब्लाइन्ड स्पोट मोनिटर, रोड साइन एसिस्ट, रियर क्रस ट्राफिक अलर्ट, पार्किङ एसिस्ट जस्ता फिचर छन् ।

