नाडा अटो शोमा कुन कम्पनीको स्टल कहाँ छ ? म्यापसहित

काठमाडौं । यस वर्षको अटो शोमा प्रमुख आकर्षणको रुपमा रहने दुई पाङ्ग्रेका २० वटा र चार पाङ्रेका १९ वटा सवारी साधनका स्टलहरु रहेका छन् । विगतका वर्षहरुमा जस्तो यस वर्ष बैंक, बीमा तथा हेभी भेइकलहरुका स्टलहरु रहेका छैन ।

नाडाकाअनुशार नेपालमा वर्षेनी नयाँ–नयाँ ब्राण्डका दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारीसाधन भित्रिरहेका छन् स्थान अभावका कारण वर्षेनी स्टलको साइज खुम्च्याउनु पर्ने अवस्था रहेको छ ।

यस वर्ष नेपाली बजारमा चार पाङ्रेमा एमजी, प्यूजो,जीपजस्ता नयाँ ब्राण्ड आएका छन् भने गतसाल सहभागी नभएका टोयोटा र महिन्द्रा पनि यस वर्षको प्रदर्शनीमा रहेका छन् ।  दुई पाङ्रेमा अमेरिकन हार्लेडेविडसन, इटालियन एसडब्लुएम, भारतीय एफ्टेक, बंगलादेशी रनरलगायत मियामा र टेक्कनजस्ता ब्राण्डहरु समेत थपिएका छन् ।

गत वर्षसम्म भृकुटी मण्डपको मुख्य हल, हल छेउको साईडको स्पेस र अगाडिको पार्किङ्मा २ वटा डोम लगाएर स्टल मेनेज गरिएको हुन्थ्यो भने यस वर्ष हेभी भेइकल हटाएर थप एक डोम लगाईएको छ । तेस्रो डोम अटो शोलागि नै भारतबाट मगाईएको जानकारी आयोजकले दिएको छ ।

नाडा अटोशोको फ्लोर प्लानका अनुशार मूख्य हलमा टाटा, निशान, रेनो, स्कोडा, स्याङ्योङ, जीप, सुवारु, टोयोटा, ड्याट्सन तथा एमजीका स्टलहरु तथा पाट्स र लुब्रीकेन्टका स्टलहरु रहेका छन् ।

बाहिरि डोममा महिन्द्रा फोक्सवागेन, होण्डा, प्यूजो, हुन्डाई, सुजुकी, कीया, इसुजुका स्टलहरु रहेका छन् । दुई पाङ्ग्रेका स्टलहरु बाहिरि डोममानै रहेका छन् । प्रदर्शनी स्थलमा पर्याप्त पार्किङ् तथा खानाको लागि रेष्टुरेण्टका स्टलहरु प्नि रहेका छन् । अबलोकनकर्तालाई भृकुटीमण्डपको मु्ख्यद्धारबाट भित्र छिरेर टुरीजम बोर्डको छेउबाट बाहिर निस्कने व्यवस्था मिलाईएको छ ।


Back_to_top