इलेक्ट्रीक दुई पाङ्ग्रेको रेन्ज कम्पनीले दावी गरेभन्दा किन कम ?

काठमाडौं । अहिले विश्व बजारमै इलेक्ट्रीक सवारीसाधनको चर्चा र माग दुबै बढ्दो क्रममा छ । इलेक्ट्रीक सवारीसाधन भन्ने वित्तिकै यसको फिचर, ग्राउन्ड क्लियरेन्स र सबैभन्दा धेरै रेन्जको विषयमा चर्चा गर्ने गरिएको छ ।

इलेक्ट्रीक सवारीसाधन उत्पादकहरुले पनि यसको रेन्जलाई नै प्राथमिकतामा राखेर आफ्ना उत्पादनको विज्ञापन गरिरहेको देखिन्छ । उत्पादक कम्पनीहरुले इलेक्ट्रीक उत्पादनको विभिन्न रेन्ज निर्धारण गरेर त्यसलाई प्रचार गर्ने गरेको भएपनि ग्राहकले सडकमा चलाउँदा कम्पनीले भने जस्तो रेन्ज भने पाउन सक्दैनन् ।

आज हामीले इलेक्ट्रीक दुई पाङ्ग्रेमा सवारी साधनमा कम्पनीले दावी गर्ने रेन्जको विषयमा चर्चा गर्नेछौ ।

कम्पनीहरुले रेन्ज टेस्टका लागि विभिन्न देशमा स्थापना भएका रिसर्च सेन्टरहरुमा पठाइन्छ । त्यसको लागि भारतमा एआरएआई, यूरोपमा डब्लूएलटीपी, चीनमा आइसीएटी जस्ता आधिकारीक परीक्षण केन्द्रहरू स्थापना भएका छन् । ती संस्थाले परिक्षण गर्छन् ।

यसरी हुने परिक्षण वास्तविक रुपमा सडकमा नभई डायनामोमिटरमा गरिएको ईभीको रेन्ट टेस्ट हुने गरेको छ । यी परिक्षणहरू धेरै जसो प्रयोगशालामा नै सिमित भएको पाइन्छ ।

टेस्टिङ ल्याबमा गरिने यस परीक्षणमा रियल-वर्ल्ड कन्डिसनमा भएको टेम्परेचर, लोड अन भेहिकल र रोड कन्डिसन परिक्षण गरिन्छ । तर, परीक्षणका क्रममा गाडीको स्पीड सिमुलेटेड थ्रोटल इनपुट र सवारी चलाउने तरिकालाई एकनासमा राख्ने गरिन्छ ।

त्यसैकारण, कम्पनीले ल्याबबाट लिएको प्रमाणित रेन्जको तुलनामा रियल टाइम रेन्ज सामान्यतया धेरै कम पाइने गरेको छ । त्यसैले, तपाईंले कम्पनीले दाबी गरेको आइडीसी रेन्जको ७० प्रतिशतलाई रियल वर्ल्ड रेन्ज मान्न सक्नु हुन्छ ।


Back_to_top