कम मूल्यको जेडएस ईभीमा नभएका ६ फिचर, यस्तो छ मासिक किस्ता

काठमाडौं । पारामाउन्ट मोटर्सले ९९ किलोवाट क्षमताको मोटरमा जेडएस ईभी नेपाल आउने घोषणासँगै बुकिङ समेत खुल्ला गरेको छ । यसअघि एउटा मात्रै भेरियन्टमा उपलब्ध स्टायडर्ड भेरियन्टको अहिले भने दुई अप्सन बजारमा उपलब्ध हुने कम्पनीले घोषणा गरेको हो ।

पारामाउन्ट मोटर्सले कम्फर्ट र डिलक्स भेरियन्टमा जेडएस ईभीको स्टायडर्ड रेन्ज भएको मोडल उपलब्ध गराएको छ । यसमा ५१ किलोवाट आवरको ब्याट्री उपलब्ध छ । यसले सिंगल चार्जमा ३२० किलोमिटर रेन्ज प्रदान गर्छ ।

मूल्यको हिसावले कम्फर्ट भेरियन्टको मूल्य ४८ लाख ४९ हजार रुपैयाँ रहेको छ । डिलक्स भेरियन्टको मूल्य ५२ लाख ४९ हजार रुपैयाँ तोकिएको छ । कम्पनीले ४ लाख रुपैयाँ कम मूल्य कायम गरेर विक्री सुरु गरेको कम्फर्ट भेरियन्टमा डिलक्सको तुलनामा मुख्यत ६ फिचर कम पाउन सकिन्छ ।

यी दुई भेरियन्टमा मुख्य फरक पानारोमीक सनरुफ हो । बाहिरबाट झट्ट हेर्दा नै नोट गर्न सकिने सनरुफसँगै आरामदायी फिचरमा आउने लेदर सिट पनि कम्फर्ट भेरियन्टमा रहने छैन । डिलक्स भेरियन्टमा अगाडि हिटेड सिट रहेको छ भने, कम्फर्ट भेरियन्टमा हिटेड सिट छैन ।

जेडएस ईभीको कम्फर्ट भेरियन्टमा वायरलेस चार्जर पनि छैन । कम्पनीले नयाँ सुरुवाती भेरियन्टमा ३६० डिग्री क्यामेरा पनि छैन । ३६० डिग्री क्यामेरा नभएको कारण एडिएसमा भएका केही फिचर प्रयोग गर्न सकिदैन ।

साथै, नयाँ भेरियन्टमा थ्रिडी साउन्ड सिस्टम छैन भने ४ वटा मात्रै स्पीकर पाउन सकिन्छ । डिलक्स भेरियन्टमा थ्रीडी साउन्ड सिस्टम र ६ वटा स्पीकर छन् । साथै कम्फर्ट भेरियन्टमा रुफरेल पनि छैन ।

यस्तो छ मासिक किस्ता

अहिले बैंकहरुले १४ प्रतिशत ब्याजदरमा ईभी किन्नेलाई सजिलै कर्जा उपलब्ध गराउँदै आएका छन् । यसको मूल्यको २० प्रतिशतदेखि नै डाउन पेमेन्ट गरेर ईभी किन्न सकिन्छ । तर, थोरै पेमेन्ट गरेर गाडी किन्दा मासिक किस्ता र ब्याज वापतको रकम धेरै तिर्नु पर्ने हुन्छ । त्यसैले ५० प्रतिशतसम्म डाउन पेमेन्ट बुझाएर गाडी किन्नु उपयुक्त हुन्छ ।

मासिक किस्ता हिसाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

यदि मूल्यको ५० प्रतिशत डाउन पेमेन्ट र ५० प्रतिशत कर्जा सुविधा लिएर जेडएस ईभीको कम्फर्ट भेरियन्ट किन्ने हो भने ग्राहकले ७ वर्षसम्म मासिक ४५ हजार ५०० रुपैयाँ किस्ता तिर्नेगरी खरिद गर्न सक्नेछन् ।


Back_to_top