काठमाडौं । ताइवानी ब्याट्री निर्माता कम्पनी गोगोरो ब्राण्डले दुई नयाँ इलेक्ट्रीक स्कुटर भारतीय बजारमा सार्बजनिक गर्ने भएको छ ।
गोगोरोले हिरो मोटोकर्पसगँको सहकार्यमा गोगोरो २ र गोगोरो २ प्लस मोडलको स्कुटर पहिलो पटक भारतमा सार्बजनिक गर्ने तयारी गरेको हो । पछिल्लो समय हिरो र गोगोरो मिलेर भारतमा ईभि चार्जिङ स्टेसन र ब्याट्री स्वापीगंमा काम गरिरहेका छन् ।
भारतको सेन्ट्रल इन्सिच्युट अफ रोड ट्रान्सपोर्टबाट डक्युमेन्ट लिक भएसगैँ यो खबर भारतीय मिडियाहरुमा प्रकाशित भएको हो ।
गोगोराले लो स्पीड र हाई स्पीड गरि दुई प्रकारका स्कुटर अन्तर्राष्ट्रिय बजारमा भने पहिले देखिनै बिक्री गरिरहेको छ ।
कम्पनीले गोगोरो २ मा ७.२ किलोवाट र २ प्लसमा ६.४ किलोवाट क्षमताको मोटर प्रयोग गरको छ । गोगोरो २ ले ५.२ सेकेन्डमा ५० किलोमिटर पुरा गर्छ भने २ प्लसले ४.२ सेकेन्डमा पुरा गर्छ । एकपटकको फुल चार्जमा गोगोरो २ ले ८५ किलोमिटर र २ प्लस ९४ किलोमिटर सम्म चलाउन सकिने कम्पनीको दावी छ ।
दुबै स्कुटरको लम्बाई १८९० एमएम, चौँडाई ६७० एमएम र उचाई १११० एमएम रहेको छ भने ह्वीलबेस १२९५ एमएम दिएको छ ।
कम्पनीले दुबै स्कुटर युनिक डिजाइनमा निर्माण गरेको छ भने स्कुटरमा सानदार फिचरहरु पनि दिएको छ ।
स्कुटरमा फुल एलइडी लाइटिगं, डिजिटल इन्स्टुमेन्ट कन्सोल, ब्लूटूथ एप कनेक्टिभिटी, मल्टी राइड मोड, रिमोट स्टार्ट, एन्टि थेप्mट अर्लामजस्ता फिचरहरु समाबेस छन् ।
त्यसैगरि, कम्पनीले राइडरको जरुरतलाई मध्यनजर गर्दै स्कुटरमा बिभिन्न किसिमका नयाँ युजफुल फिचरहरु दिने अनुमान गरिएको छ ।
भारतमा खाना डेलिभरी गर्ने कम्पनी जोमाटोले २०२३ को अन्तिमसम्ममा डेलिभरी गर्ने भेहिकल पुर्णरुपमा इलेक्ट्रीक बनाउने लक्ष्य लिएको छ भने त्यसका लागी कम्पनीले गोगोरसँग सहकार्य गर्ने भएको हो ।


