एड्भेन्चर अफरोड एसयूभी थारको १ लाख यूनिट रोलआउट

काठमाडौं । महिन्द्राको लाइफ स्टाइल एड्भेन्चर अफरोड एसयूभी थारको १ लाख यूनिट रोलआउट भएको छ । महिन्द्राले विगत साढे २ वर्षमा नयाँ जेनेरेसन थार १ लाख यूनिट बनाउन सफल भएको हो ।

सन् २०२० को अक्टोबरमा लन्च भएको महिन्द्रा थारमा पेट्रोल तथा डिजन इन्जिन, म्यानुअल तथा अटोमेटिक ट्रास्मिसनका साथै नयाँ स्टाइलको एक्टेरियर तथा इन्टेरियरमा पनि समय सापेक्ष अपडेट भएको थियो ।

यो एसयूभीले प्रफर्मेन्स तथा डिजाइको लागि विभिन्न अवार्ड समेत पाएको थियो । भारतीय बजारमा बड्दो एसयूभीको मागसँगै प्राप्त भएको विभिन्न अवार्डका कारण यसको माग उल्लेखनीय रूपमा बढेको हो । यो एसयूभीको अफरोड क्षमता, स्पोर्टी डिजाइन ल्याङ्वेज लगायत विभिन्न फिचर रहेका छन् ।

सहरी तथा हाइवेका साथै अफरोडमा समेत यात्रा गर्न चाहनेहरूको पहिलो रोजाइमा यो एसयूभी पर्ने गरेको छ ।

यो एसयूभीमा अलह्वील ड्राइभ तथा रियर ह्वील ड्राइभ दुवै भेरियन्टमा उपलब्ध छ । यसमा मजबुत ड्राइभिङ क्षमता, हाइ ग्राउण्ड क्लियरेन्स र मेकानिकल डिफेन्सियल लकिङ तथा सिफ्ट अन द फ्लाई ट्रास्मिसन जस्ता एड्भेन्चर फिचर रहेको छ ।

नेपाली बजारमा समेत थारको नयाँ जेनेरेसन मोडलको यो अफरोड एड्भेन्चर एसयूभीको माग अत्यधिक रहेको छ । तर, विभिन्न प्राविधिक कारणले अहिलेसम्म भित्रिन भने सकेको छैन ।


Back_to_top