बीवाइडीले बेच्दै तीन मोडलका ४ भेरियन्ट, थपिदै नयाँ मोडल (मूल्यसहित)

काठमाडौं । विद्युतीय साधनको माग बढेसँगै बजारमा छनोट पनि थपिदै गएका छन् । बीवाइडीको आधिकारीक बिक्रेता कम्पनी साइमेक्स इंकले अहिले बिभिन्न तीन मोडलका इलेक्ट्रीक कार बिक्री गर्दै आएको छ ।

कम्पनीले बिक्री गर्ने एटो थ्री बिभिन्न दुई भेरियन्टमा उपलब्ध छ भने, इ-सिक्स र एमथ्री मोडल एक/एक भेरियन्टमा मात्रै उपलब्ध छन् । कम्पनीले सन् २०१७ मा पहिलो पटक ल्याएको इ-सिक्स नयाँ जेनेरेशन मोडलमा उपलब्ध छ ।

बीवाइडी इ-सिक्स नेपालमा उपलब्ध ईभी मध्ये सबैभन्दा धेरै रेन्ज दिने मोडल हो । यो कारले सिंगल चार्जमा ५२२ किलोमिटर रेन्ज दिन्छ । त्यस्तै कम्पनीले नयाँ ल्याएको एटो थ्री पनि ४२० किलोमिटर रेन्ज दिने मोडलमा पर्छ ।

एटो थ्रीलाई कम्पनीले १५० किलोवाट र १०० किलोवाट क्षमताको दुई फरक मोटरमा उपलब्ध गराएको छ । ७ जनाले आरामदायी यात्रा गर्न मिल्ने एमथ्री भ्यानले मोडलमा विविधता प्रदान गरेको छ ।

मूल्य

बीवाइडीको सबैभन्दा कम मूल्यमा पाइने ४६ लाख ९५ हजार रुपैयाँ रहेको छ । अल न्यू इ–सिक्सको मूल्य ५९ लाख रुपैयाँ रहेको छ ।

त्यसैगरी, योङ एसयूभीको रुपमा चिनिने एटो-थ्रीको १०० किलोवाट मोटर भएको भर्सन ६४ लाख ९० हजार र १५० किलोवाट भर्सनको मूल्य ८९ लाख ९० हजार रुपैयाँ रहेको छ ।

ब्याट्री बलियो पक्ष

बीवाइडीको ब्लेड ब्याट्री विश्वभर सुरक्षाको लागि चर्चित छ । साइमेक्सले नेपालमा बिक्री आएको सबै मोडलमा त्यहि ब्लेड ब्याट्री दिइएको छ । बीवाइडीका ब्याट्री १० वर्षभन्दा बढी अवधिको परीक्षण भइसकेका छन् । त्यसमा पनि कम्पनीको ब्लेड ब्याट्री २० देखि २५ वर्षसम्म ऊर्जा भण्डारण गर्न सक्नेछ ।

थपिदै नयाँ मोडल

बीवाइडीले चाँडै प्रिमियम ह्याचव्याक कार डल्फीन नेपाल ल्याउने तयारी गरिरहेको छ । सम्भवत जेठ तेस्रो सातासम्ममा डल्फीन नेपाल आउने छ । निकै प्रिमियम फिचर भएको डल्फीन बीवाइडीको ग्लोवल मोडल हो । डल्फीन मोडलको मूल्य भने नेपाल आएपछि मात्रै निर्धारण हुने छ ।


Back_to_top