काठमाडौं । जापानी कार निर्माता निसानले आफ्नो सफल मोडल लिफको नयाँ जेनेरेशन मोडल ल्याउने भएको छ । कम्पनीले लिफ ईभीको नयाँ मोडल बेलायतमा रहेको प्लान्टबाट उत्पादन गर्ने योजना बनाएको हो ।
सन् २०१० बाट बजारमा आएको निसान लिफ आधुनिक विद्युतीय कारको जननी भन्न मिल्ने मोडल हो । सन् २०२१ सम्म सबैभन्दा धेरै बिक्री भएको ईभीमा पर्ने लिफको नयाँ जेनेरेन मोडल यूकेको सन्डरल्याण्ड फ्याक्टी उत्पादन हुनेछ ।
निसानले यसअघि सन् २०२१ मै नयाँ ह्याचव्याकले लिफलाई रिप्लेस गर्ने भनेता पनि ह्याचव्याकको उत्पादन सुरु कहिले हुन्छ भन्ने विषय जानकारी दिएको थिएन । अहिले आएर भने कम्पनीले लिफको पछिल्लो मोडल सन् २०२६ बाट उत्पादन सुरु हुने जानकारी दिएको हो ।
कम्पनीले सन् २०२१ मै एम्बीसन २०३० नामको लङटर्म इलेक्ट्रिफिकेसन स्ट्राटिजीको घोषणा गरेको थियो । जस अन्तर्गत सन् २०३० सम्ममा १५ नयाँ ईभी सहित २३ वटा नयाँ मोडल बजारमा ल्याउने घोषणा गरेको थियो ।
नयाँ लिफलाई क्रसओभर कुप्पे डिजाइनको सक्सेसर मोडल सीएफएफ ईभी प्लेटफर्ममा निर्माण गर्नेछ । यसमा इफोर्स ड्यूल मोटर सेटअप सहित अलह्वील ड्राइभ सिस्टम पाउन सकिन्छ ।
निसानको नयाँ लिफ यसअघि देखाएको ‘चिल आउट’ कन्सेप्टमा निर्माण हुनेछ जसमा स्मुद सरफेस, कन्फिगरेवल फ्रन्ट तथा रियर लाइटका साथै फ्यूचरिस्टीक फिचर सहितको इन्टेरियर रहने छ ।


