काठमाडौं । बीवाइडीको आधिकारीक बिक्रेता साइमेक्स इंकले काठमाडौंको गोठाटारमा रहेको ‘लभ पार्क’मा १५ सय बिरुवा रोपेको छ । विश्व वातावरण दिवसको अवशर पारेर वृक्षारोपण गरेको कम्पनीले विभिन्न किसिमका उपयोगी विरुपा रोपेको हो ।
उक्त वृक्षारोपण कार्यक्रममा प्रमुख अतिथिको रुपमा वन तथा वातावरण मन्त्री बिरेन्द्र कुमार महतो तथा बीवाइडीका ब्राण्ड एम्बेस्डर तथा कलाकार हरिबंश आचार्य लगायतका मानिसको उपस्थिति रहेको थियो । कार्यक्रममा ‘कुल द अर्थ, वाई वान डिग्री’ स्लोनगनका साथ रुख रोप्ने काम सम्पन्न भएको हो ।
‘ब्यूलडिङ ड्रिम्स एण्ड फरेट’ नारा दिएर बीवाइडीले कार्यक्रम संचालन गरेको थियो । कार्यक्रममा बीवाइडी गाडीको आधिकारीक विक्रेता साइमेक्स इंकका अध्यक्ष, प्रबन्ध निर्देशक, बीवाइडी हेडक्वाटरका प्रतिनिधि, बीवाइडी गाडी चढ्ने ग्राहक, कर्मचारी र पत्रकारहरुको उपस्थिति थियो ।

बीवाइडी नेपालमा सन् २०१७ देखि विद्युतीय गाडी बिक्री गर्दै आएको अग्रणी कम्पनी हो । कम्पनीले अहिले बिभिन्न मोडलका विद्युतीय साधन बिक्री गर्दै आएको छ ।


