क्रसफायरको मूल्य समायोजनः २५० सीसीको ७१ हजार घट्यो मूल्य, कुन मोडलमा कति?

काठमाडौं । क्रसफायर मोटरसाइकलको मूल्य समायोजन भएको छ । आर्थिक वर्ष २०८०/८१ ले कर सहुलियत दिएपछि क्रसफायरको मूल्य घटेको हो ।

क्रसफायर मोटरसाइकलको नेपालका लागि आधिकारिक आयातकर्ता क्लासिक ह्वील एक्सपोर्ट तथा इम्पोर्ट प्रालिले एक विज्ञप्ति जारी गर्दै मोटरसाइकलको नयाँ मूल्य सार्वजनिक गरेको हो ।

कम्पनीले जारी गरेको नयाँ मूल्यसूचीका अनुसार क्रसफायरको मोटरसाइकलमा ७१ हजार रुपैयाँसम्मले मूल्य समायोज भएको हो ।

क्रसफायर एचजे २५० को मूल्य ७१ हजार रुपैयाँले घटेको छ । त्यस्तै डबल स्पोर्टस् मोटरसाइकल ट्रेकर २५० को मूल्य ४० हजार रुपैयाँले घटेको हो ।

यस्तो छ मूल्यसूची

कम्पनीले नयाँ मूल्यसहितको मोटरसाइकलको बुकिङसमेत खुल्ला गरेको छ । समायोजन भएको मूल्य आजदेखि नै लागू हुने कम्पनीले उल्लेख गरेको छ ।


Back_to_top