चर्चीत र्‍यापर बादशाह दरबारमार्गमा, दर्शकलाई एनटर्क जित्ने मौका

काठमाडौं । १४ औं दरबारमार्ग स्ट्रिट फेस्टिभल सुरुभएको छ । टीभीएस मोटर्स इन्डिया र जगदम्बा मोटर्स नेपालको सहकार्य सुरु भएको तीन वर्ष पुगेको उपलक्ष्यमा उक्त फेस्टिभल आयोजना गरिएको हो । कार्यक्रममा इन्डियन र्‍यापर किङ्ग बादशाहले लाइभ पर्फमेन्स गर्ने भएका छन् । 

उक्त कार्यक्रममा नेपालका चर्चित कलाकारहरु इन्दिरा जोशी, एडरे, एज व्याण्ड, बुगी उगीका टप थ्री तथा नेपाल आइडलका टप थ्री कलाकारहरुको प्रस्तुती रहनेछ । सो फेस्टिभलमा खानाका स्टलहरुको साथै किड्स जोन पनि रहनेछ ।

उक्त कार्यक्रममा टीभीएस एनटर्कका पहिलो ५० जना ग्राहकहरुले बादशाहसँग भेट्ने अवसर प्राप्त गर्नेछन् । साथै कार्यक्रमको आकर्षणको रुपमा मिरर डान्स, रक क्लाइम्बिङ आदि रहनेछ ।

अन्तयमा एक जना भाग्यशाली दर्शकलाई बम्पर प्राइज स्वरुप टीभीएसको एनटर्क स्कुटर प्रदान गरिने बताइएको छ । १ सय २५ सीसी इन्जिन दिइएको यसले ९।३ बिएचपी पावर दिन्छ । १०.५ एनएमको टर्क उत्पादन गर्ने यस स्कुटरमा ३ भल्ब टेक्नोलोजीको प्रयोग गरिएको छ ।

स्कुटरमै पहिलो पटक मोबाइल कनेक्ट गर्ने अप्सन दिइएको छ । आफ्नो मोबाइलमा एक एप डाउनलोड गरेर ब्लुटुथबाट स्कुटरमा मोबाइललाई कनेक्ट गर्न सकिन्छ । त्यसपछि कसले कल वा म्यासेज गरेको छ भन्ने कुरा स्कुटरको डिजिटल कन्सोलमा देख्न सकिन्छ ।

यसको नेपाली बजारमा मूल्य २ लाख २४ हजार ९ सय रुपैयाँ छ ।


Back_to_top