काठमाडौं । भारतीय ब्राण्ड हिरो र अमेरिकी ब्राण्ड हार्ले बीच भारतमा सहकार्य सुरु भएको छ । त्यही सहकार्य अनुसार हार्लेले जुलाई महिनामा नयाँ एक्स ४४० मोटरसाइकल सार्वजनिक गर्दैछ ।
हार्लेले एक्स ४४० मा आधारित रहेर हिरोले ४०० सीसी सेग्मेन्टमा नयाँ प्रिमियम नेकेड मोटरसाइकल ल्याउने भएको हो ।
हिरो मोटोकर्पले केही दिनपछि एक्स्ट्रीम १६० फोर भीको अपग्रेड भर्सन सार्वजनिक गर्दैछ । सानो क्षमतामा भएपनि एक्स्ट्रीम १६० आर प्रिमियम मोडल हो । त्यसैगरी हिरो हार्लेको सहकार्यमा निर्माण भएको हार्ले एक्स ४४० जुलाई ३ मा भारतमा सार्वजनिक गर्ने तयारी भइरहेको छ ।
योसँगै कम्पनीले ४०० सीसी सेग्मेन्टमा अन्य मोडल पनि ल्याउने तयारीमा रहेको छ । हिरो एक्सपल्स ४००, करिज्मा ४०० जस्ता मोटरसाइकल परिक्षण गरि रहेको देख्न सकिन्छ ।
हिरोेले ल्याउने प्रिमियम नेकेड मोटरसाइकल एक्स्ट्रीम ४४० आरमा हार्ले ४४० मा रहेको सिंगल सिलिन्डर इन्जिन प्रयोग हुनेछ । हार्ले एक्स ४४० मा रेट्रो डिजाइन टर्न इन्डिकेटर तथा हेडल्याम्प दिइएको छ । यसमा डबल च्यानल एबीएस, अलोय ह्वील, एलइडी इन्डिकेटर जस्ता फिचर उपलब्ध हुनेछ ।
हार्ले हिरोको सहकार्यमा उत्पादन हुने हिरो एक्स्ट्रीम ४४० मोटरसाइकल २०२५ मा भारतमा सार्वजनिक गर्ने तयारीका साथ कम्पनीले फिडब्याक लिन सुरु गरेको हो ।

