टाटा मोटर्सको ‘एक्सचेन्ज विक-एण्ड’ सुरू, जुनसुकै गाडीसँग ईभी साट्न सकिने

काठमाडौं । आजदेखि ५ दिने टाटा मोटर्स ‘एक्सचेन्ज विक-एण्ड’ विशेष क्याम्प संचालन हुने भएको छ ।

सिप्रदी तथा सिप्रदीका नेपालभरिका आधिकारिक टाटा मोटर्स शोरुमहरूमा उक्त एक्सचेन्ज मेला सुरू हुने भएको हो ।यो एक्सचेन्ज क्याम्प असार १२ गतेसम्म संचालन हुनेछ ।

उक्त एक्सचेन्ज क्याम्पमा ग्राहकले आफूसँग भएको जुनसुकै कम्पनी वा ब्राण्डको गाडीसँग टाटा मोटर्सका नयाँ मोडेलका नेक्सन ईभी र टिगोर ईभी साट्न सक्ने छन् ।

सिप्रदीले ग्राहकको सुविधाका लागि शोरुमहरुमा इन्स्योरेन्स, बैंकिङ सुविधाका साथै गाडी मूल्यांकनका लागि दक्ष मूल्यांकनकर्ताको व्यवस्था गरेको छ ।

चलिरहेको बजारको मूल्यभन्दा गाडीको विशेष मूल्यांकन, सरल फाइनान्स, इन्स्योरेन्सको सुविधा र गाडी हस्तान्तरणमा विभिन्न अफरहरू समेत पाइने कम्पनीले जनाएको छ ।


Back_to_top