काठमाडौं । अब भारतमा उत्पादन हुने सबै ट्रककाे क्याबिनमा एयर कण्डिसन (एसी) अनिवार्य गरिने भएको छ ।
भारतको सडक यातायात तथा हाइवे मन्त्री नितीन गडकरीले अब भारतमा बन्ने सबै ट्रकको ड्राइभर कम्पार्टमेन्टमा एसी अनिवार्य गरिने घोषणा गरेका हुन् ।
उनले महिन्द्रा लजिस्टीकले हालै आयोजना गरेको एक कार्यक्रममा उक्त घोषणा गरेका हुन् ।
उनले आफूले मन्त्रालय सम्हालेको पहिलो दिनमै उक्त निर्णय गर्न चाहे पनि ट्रकको लागत बढ्ने भएकाले सो निर्णण गर्न रोकिएको बताए । तर, अहिले सो निर्णयमा हस्ताक्षर भइसकेको उनले जानकारी दिए ।
उनले हाइवेमा ड्राइभ गर्ने चालकको टेककियर गर्नुपर्ने बताए । उनले हाइवेमा चालकहरूका लागि खानबस्न ५७० स्थानमा फेसिलिटीसहितको इन्फ्रास्ट्रक्चर बनाउन टेन्डर लागिसकेको समेत बताए । उक्त फेसिलिटीहरू हाइवेको हरेक ५० किलोमिटरको अन्तरमा हुने उनले बताए ।


