काठमाडौं। डर्ट मोटरसाइकल सेग्मेन्टमा छुट्टै पहिचान बनाउन सफल मोटरसाइकल कम्पनी क्रसफायरले हरेक शनिबार राइड आयोजना गर्दै आएको छ । कम्पनीले डर्ट मोटरसाइकल पारखीहरूका लागि आयोजना गर्ने एड्भेन्चर राइडको नाम ‘स्याटर्डे स्केप’ दिएको हो ।
क्रसफायर डर्ट बाइक सेग्मेन्टमा लोकप्रिय ब्रान्ड हो । ‘स्याटर्डे स्केप’ राइडले राइडहरू बीच एक्स्ट्रीम अफरोड एक्सपेरियन्सका गर्दै एक आपसमा भारचाराको सम्बन्ध विकासका लागि मद्दत गरेको कम्पनीको भनाइ छ ।
क्रसफायरको आधिकारिक बिक्रेता क्लासिक ह्वील्स एक्सपोर्ट एण्ड इम्पोर्टका हरेक शनिबार फरक–फरक गन्तव्यमा आयोजना गर्दै आएको यो राइडले आन्तरिक पर्यटनमा समेत टेवा पुर्याएको कम्पनीको बुझाइ छ ।
राइडमा सहभागी भएर फर्किँदा हरेक राइडरले फरक अनुभूति गर्ने र उनीहरू माझ आ-आफ्नो अनुभव आदानप्रदान हुने कारण पनि यो राइडको महत्व बढ्दै गएको कम्पनीले जनाएको छ। यसले राइडरहरूमाझ आत्मियता, भाइचारा र अनुभव सेयरिङको उचित प्लाटफर्मका रूपमा काम गरिरहेको कम्पनीले जनाएको छ।

हरेक हप्ता हुने ‘स्याटर्डे स्केप’ राइडमा उत्साहजन सहभागिता हुने गरेको छ भने राइडरले हरेक राइडमा ट्विस्ट एण्ड टर्नको थ्रिलमा राइडरहरू मनमोहक स्थानमा पुगेर रमाउँदै आएका छन् ।
कम्पनीले हरेक शनिबार राइडमा जाने गन्तव्यलाई सावधानीपूर्वक व्यवस्थित तवरले आयोजना गरिरहेको जनाएको छ ।


