काठमाडौं । टीभीएस मोटरसाइकल तथा स्कुटर खरिद गर्दा दुई वर्षको रोड ट्याक्स नलाग्ने स्कीम आएको छ । टीभीएसको आधिकारिक विक्रेता कम्पनी जगदम्बा मोटर्सले दुई वर्षको रोड ट्याक्स तिर्न नपर्ने ‘नयाँ सफर विना कर’ स्कीम ल्याएको हो ।
कम्पनीले मोटरसाइकल तथा स्कुटर खरिद गर्दा अन्य फाइनान्स स्कीमका साथ दुई वर्ष ट्याक्स फ्री स्कीम ल्याएको हो ।
यो स्कीममा ग्राहकले टीभीएसको मोटरसाइकल तथा स्कुटर किन्दा दुई आर्थिक वर्षको कर छुटका साथै कम डाउन पेमेन्टको सुविधा पाउने छन् ।
टीभीएसले ग्राहकहरुको सहजताका लागि २५ प्रतिशत डाउन पेमेन्टसंगै शुन्य प्रतिशत ब्याजदर जस्ता स्कीमपनि उपलब्ध गराएको छ ।
टीभीएसको यो स्कीम नेपाल भर रहेका आधिकारिक शोरुमहरुमा उपलब्ध रहेको जनाएको छ ।


