काठमाडौं । नेपाली बजारमा सर्वाधिक विक्री हुने नेकेड स्ट्रीट फाइटर एनएस २०० को २०२३ मोडल नेपालमा आउने पक्का भएको छ ।
हाल बीएस ६ सहित बीएस ४ को विभिन्न भेरिन्टमा विक्री भइरहेको एनएमको २०२३ मोडल आगामी दुईसाता भित्र नेपालमा विक्री सुरू हुने भएको हो ।
बजाजको नेपालको आधिकारिक विक्रेता हंशराज हुलास चन्द एण्ड कम्पनीले २०२३ एनएस २०० बीएस ६ भर्सनमा अपसाइड डाउन फिचर तथा केही अपडेटसहित आउने बताएको छ ।
कम्पनीले विभिन्न अपडेटहित ल्याउने नयाँ भर्सन एनएस २०० को मूल्यभने बीएस ६ भर्सनको तुलनामा २०२३ मोडलको मूल्य ११ हजार रुपैयाँले वृद्धि गरेर सार्वजनिक गर्ने तयारी गरेको हो ।
कम्पनीले बीएस ६ मोडलको मूल्य ४ लाख १३ हजार ९०० रुपैयाँ निर्धारण गरेर विक्री गर्दै आएको छ भने २०२३ बीएस ६ एनएसको मूल्य ४ लाख २४ हजार ९०० रुपैयाँ तोकेर विक्री गर्ने तयारी गरेको हो ।
साउनको पहिलो हप्तादेखि विक्री सुरू हुने २०२३ मोडल एनएस २०० मा ग्राहकले ११ हजार थप मूल्यमा तिररे विभिन्न प्रिमियम फिचर पाउने छन् ।
२०२३ पल्सर एनएस २०० मा नयाँ फिचरको रूपमा अपसाइड डाउन फर्क पाउने छन । नयाँ एनएसमा ३३ एमएमको यूएसडी फर्क पाउन सकिन्छ । त्यस्तै, कम्पनीले यसको ब्रेक क्यालिपरसमेत परिर्वतन गरेको छ । नयाँ एनएसमा ग्रिमिकाको क्यालिपर प्रयोग गरिएको छ ।
यसका अलावा नयाँ एनएस २०० मा नयाँ अलोय ह्वील, डबल च्यानल एबीएस, गियर पोजिशन इन्डिकेटर जस्ता फिचर पाउन सकिन्छ । त्यस्तै, यसमा रहेको सेमी डिजिटल कन्सोलमा डिस्ट्यान्स टू इम्पिटी, फ्यूल इकोनोमी, एभरेज फ्यूल इकोनोमी जस्ता थप फिचर उपलब्ध छन् ।
नयाँ एनएस २०० को तौल पुरानो मोडलको तुलनामा १.५ केजीले कम रहेको छ । यसले मोटरसाइकलको पावर टू वेट रेसियोलाई कम गरेर मोटरसाइककाले पावर आउटपुटमा सुधार ल्याएको छ ।
२०२३ पल्सर एनएस २०० मा १९९।५ सीसी सिंगल सिलिन्डर लिक्वीड कुल्ड इन्जिन रहेको छ । यो इन्जिनले २४.५ पीएस पावर तथा १८.७४ एनएम टर्क जेनेरेट गर्छ । यो मोटरसाइकलमा ६ स्पीडको गियरबक्स जडान गरिएको छ ।


