काठमाडौं । बेनेलीका मोटरसाइकलको मूल्य घटेको छ । नेपालका लागि बेनेलीको आधिकारिक वितरक केटीएम इन्टरनेशनलले १२५ र १८० सीसी क्षमताको मोटरसाइकलमा मूल्य घटाएको हो ।
कम्पनीले बेनेली पेनेरिया १२५ को मूल्य ३५ हजार रुपैयाँ र १८० एस निओनको २५ हजार रुपैयाँ घटाएको हो ।
सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा २०० सीसीसम्मका मोटरसाइकलमा करको दरमा कुनै छुट नदिए पनि कम्पनीले मूल्य भने घटाएको छ । कम्पनीले मूल्य घटाउनुको कारण नबताए पनि पछिल्लो समय यी मोटरसाइकल बिक्न छाडेपछि मूल्य घटाएको अनुमान गर्न सकिन्छ ।
सरकारले बजेटमार्फत २०० सीसीभन्दा माथिका मोटरसाइकलमा छुट दिएको थियो । सरकारले दिएको अन्तःशुल्क छुटले बेनेली २५० सीसी टीआरके २५१ मोटरसाइकलको मूल्य घटेको छ ।
बजेटले दिएको छुटका कारण बेनेली टीआरको २५१ मा भने ६० हजार रुपैयाँ मूल्य समायोजन भएको हो ।


