१ करोड १२ लाख मूल्यको मोटरसाइकल भारतमा सार्वजनिक, एकैदिन भयो सोल्ड आउट

काठमाडौं । डुकाटी इन्डियाले आफ्नो सबैभन्दा पावरफुल मोटरसाइकल भारतमा सार्वजनिक गरेको छ । कम्पनीले डुकाटी पेनिगल भी ४ आर २०२३ मोटरसाइकल सार्वजनिक गरेको हो ।

डुकाटी इन्डियाले ६९ लाख ९९ हजार भारतीय रुपैयाँ मूल्य तोकेर डुकाटी भी ४ आर सार्वजनिक गरेको हो । यो मूल्य नेपाली १ करोड ११ लाख ९८ हजार ४०० बराबर हुन्छ ।

डुकाटीले भारतमा ५ यूनिट विक्री गर्ने यो मोटरसाइकल एकैदिन सोल्ड आउट भएको छ । केहि समय पश्चात यसको डेलिभरी हुने कम्पनीले बताएको छ ।

कम्पनीले यो मोटरसाइकल भारतमा सीबीयू (कम्प्लीट ब्यूल्ड यूनिट)का रुपमा भारतमा विक्री गर्र्नेछ ।

माटोजीपी प्रेरित फुल्ली कार्वन फाइवर द्धारा निर्मित यो मोटरसाइकल कम्पनीको सबैभन्दा पावरफुल मोटरसाइकल रहेको छ । यसमा ९९८ सीसी भी ४ इन्जिन रहेको छ । यो इन्जिन १६ हजार ५०० आरपीएमसम्म पुग्छ । यसमा अक्रापोविक एक्जष्ट प्रयोग गर्दा यसको पावर बढेर २३४ बीएच पावर सम्म पुग्छ ।

कम्पनीले यो मोटरसाइकलमा ४ राइडिङ मोड दिएको छ । फुल, हार्ई, मिडियम र लो गरि चार मोडमा यो मोटरसाइकल चलाउन सकिन्छ ।


Back_to_top