‘सिबी ३५०’का दुई मोडलको नयाँ मूल्य सार्वजनिक

काठमाडौं । होन्डाले आफ्ना दुई मोडल पुनः नेपाल ल्याउने भएको छ । कम्पनीले बढ्दो मुल्यको कारण देखाउँदै बीचमा ल्याउन बन्द गरेको सिबी ३५० का दुई मोडल पुन बजारमा ल्याउने भएको हो ।

सरकारले नयाँ बजेट मार्फत २०० सीसीभन्दा माथिका दुईपांग्रेमा मोटरसाइकलमा अन्तःशुल्क छुट दिएको र २५० सीसी माथिका मोटरसाइकलमा सडक निर्माण कर घटाएको कारण पुनः नेपाल ल्याउन लागेको जनाएको छ ।

‘हामीले मूल्य बढाएका होइनौं । झाण्डै ११ लाख रुपैयाँमा बिक्री गर्नु पर्ने भएपछि नेपाल ल्याएका थिएनौं । तर, सरकारले केही कर घटाएको कारण नयाँ मूल्य सार्वजनिक गरेका हौं’, कम्पनी स्रोतले भन्यो ।

कम्पनीले होन्डा हाइनेस ३५० मोटरसाइकलको मूल्य ९ लाख २५ हजार ९०० रुपैयाँ निर्धारण गरेको छ । त्यस्तै, सीबी ३५० आरएसको मूल्य ९ लाख ७५ हजार ९०० रुपैयाँ बनाएको छ ।


Back_to_top