जेएमसी पीकअप किन्नेलाई सहजै कर्जा, टेस्ट ड्राइभ गर्नेलाई उपहार

काठमाडौं । चिनियाँ ब्राण्ड जेएमसीको आधिकारीक बिक्रेता जगदम्बा मोटर्सले ग्राहक लक्षित योजना सार्वजनिक गरेको छ । कम्पनीले पीकअप ट्रक किन्न चाहने ग्राहकलाई लक्षित गरेर फाइनान्स स्कीम ल्याएको हो ।

जेएमसीको ‘भिगस् प्लस’ पीकअप किन्ने ग्राहकले मूल्यको ७५ प्रतिशतसम्म फाइनान्स सुविधा लिन सक्नेछन् । कम्पनीले कर्जा सुविधा सहज तरिकाले दिने जनाउँदै विज्ञप्तीमा भनेको छ, ‘ग्राहकको सहजताका लागि २४ घण्टा भित्रै कर्जा स्वीकृत गरी गाडी डेलिभरी दिइने छ ।’

साथै, जगदम्बा मोटर्सले भेगस् पीकअपमा आकर्षक नगद छुट र सहज एक्सचेन्ज सुविधा प्रदान गर्ने जनाएको छ । यो पीकअपको हरेक टेस्ट ड्राइभमा उपहार समेत दिँदै आएको कम्पनीले जनाएको छ ।

शोरुम नधाइकन टेस्ट ड्राइभ गर्न चाहने ग्राहकलाई ‘डुवर स्टेप’ सुविधा पनि उपलब्ध गराएको छ । उक्त सुविधा अन्तर्गत जेएमसीका कर्मचारीहरु गाडी लिएर टेस्ट ड्राइभ गर्न इच्छुक खरिदकर्ताको घरमै पुग्नेछन् ।

यस्तो छ भेगस प्लस पीकअप

जेएमसी र फोर्ड बीच चीनमा सहकार्य हुँदै आएको छ । त्यसैले जेएमसीमा फोर्डको फ्लेवर पाउन सकिन्छ । जेएमसीले भिगस प्लस मोडलको फ्रन्टमा ठूलो ग्रिलको साथ एयर इन्टेक दिएको छ । साथै, सिल्भर कलरको लोअर स्कीड प्लेट, स्पोर्टी बडी डिजाइन, १८ इन्चको अलोय ह्वील, क्रोम सहितको डोर ह्याण्डल दिएको छ ।

अटोमेटीक एलइडी हेडल्याम्प, एलइडी डे टाइम रनिङ लाइट, रेन सेन्सीङ वाइपर, क्रुज कन्ट्रोल, रिभर्स क्यामेरा, टायर प्रेसर मोनिटरिङ, एयरव्याग, एबीएस, इबीडी, चार वटै चक्कामा डिस्क ब्रेक, बोस्चको ट्रायाक्सन कन्ट्रोल, हिल होल्ड एसिस्ट जस्ता फिचर यसमा पाउन सकिन्छ ।

जेएमसीले भिगस प्लस पीकअपमा कोर्टिकल स्टेरिङ ह्वील, फोर स्पीकर, आरामदायी सिट, २२५ एमएमको ग्राउन्ड क्लीयरेन्स, फोर ह्वील ड्राइभ सिस्टम दिइएको छ ।

अन्तर्राट्रिय बजारमा जीएल र एलएक्स भर्सनमा उपलब्ध भिगस प्लस मोडलमा २.४ लिटर क्षमताको डिजेल इन्जिन उपलब्ध छ । उक्त इन्जिनले अधिकतम ३६०० आरपीएममा १४० पीएस पावर र १६०० देखि २४०० आरपीएममा ३१० न्यूटन मिटर टर्क प्रदान गर्छ । यसमा ५ स्पीड म्यानुयल गियरबक्स उपलब्ध छ ।


Back_to_top