काठमाडौं । क्रसफायर मोटरसाइकल किन्दा दुई वर्षको रोड ट्याक्स तिर्नु नपर्ने स्कीम सार्वजनिक भएको छ । कम्पनीले आर्थिक वर्ष २०७९/८० र २०८०/८१ को रोड ट्याक्स नलाग्ने स्कीम ल्याएको हो ।
यो योजनामा ग्राहकले क्रसफारका कुनै पनि मोटरसाइकल खरिद गर्दा यो स्कीम लागू हुनेछ । यो योजना असार मसान्तसम्म मात्र लागू हुने कम्पनीले बताएको छ ।
क्रसफायर तथा इटालीका मोटोको आधिकारिक विक्रेता कम्पनी क्लासिक ह्वील एक्स्र्पोट एण्ड इम्र्पोट प्रालिले क्रसफायर तथा इटालीका मोटो दुवैमा लागू हुने गरी ‘उपहार मेला नो झमेला’ स्कीम संचालन गर्दै आएको छ ।
यो स्कीममा ग्राहकले नगद छुट, एक्सजेन्ज बोनस, टेस्ट राइडमा उपहार तथा फाइनान्स लगायत सुविधा पाउने छन् ।
यो स्कीम अन्तर्गत नगदमा मोटरसाइकल किन्ने ग्राहकले नगद १० हजार रुपैयाँ छुट पाउने छन् । त्यस्तै, यो योजनामा मोटरसाइकल टेष्ट राइड गर्ने ग्राहकले हरेक टेष्ट राइडमा क्रसफायरको मन्र्चेन्डाइज, लक्की विजेताले माउन्टेन फ्लाइट टिकट जित्न सक्नेछन् । त्यसैगरि, फाइनान्समा मोटरसाइकल किन्न चाहाने ग्राहकले विभिन्न फाइनान्स स्कीम छनोट गर्ने सुविधा रहेको छ ।


