काठमाडौं । टीभीएसले आफ्नो नयाँ मोटरसाइकल परिक्षण गरिरहेको देखिएको छ । कम्पनीले बीएमडब्लूसँगको सहकार्यमा तयार पारेको नयाँ नेकेड मोटरसाइकल परिक्षणमा देखिएको हो ।
कम्पनीले ल्याउने नयाँ मोटरसाइकल ३१० सीसी क्षमताको हुने अनुमान गरिएको छ । यही प्लेटफर्ममा बीएमडब्लूले दुई र टीभीएसले एउटा मोडल पहिल्यै बिक्री गर्दै आएको छ । अब टीभीएसको नयाँ मोडल आउन लागेको हो ।
टीभीएस मोटर्सले निकट भविष्यमा नै टीभीएस अपाचे आरटीआर ३१० सार्वजनिक गर्ने अनुमान गरिएको छ । पहिलो पटक टीभीएस अपाचे आरटीआर ३१० परिक्षणमा देखिएसँगै छिट्टै नै नयाँ मोटरसाइकल सार्वजनिक हुने अनुमान गरिएको हो ।
पहिलो पटक परिक्षणमा देखिएको आरटीआर ३१० कम्पनीले २०१४ मा सार्वजनिक गरेको कन्सेप्ट मोडल डार्कनसँग मिल्दो जुल्दो देखिन्छ ।
टीभीएस अपाचे आरटीआर ३१० मा अल एलडी लाइट, गोल्डेन यूएसडी फर्क, स्प्लीट सिट, अपस्वेप्ट एक्जष्टका साथै कस्टोमाइज गर्न अप्सन ‘टीभीएस ब्युल्ट टू अर्डर प्लेटफर्म’ मा आउने छ ।
अपाचे आरटीआर ३१० मा आरआर ३१० कै ३१२ सीसी लिक्विड कुल्ड सिंगल सिलिन्डर इन्जिन रहेको छ । यो इन्जिनले ३४ पीएस तथा २७.३ एनएम टर्क जेनेरेट गर्छ ।
यसमा ६ स्पीडको गियरबक्सका साथ स्लिपर क्लच, स्पोट्स मोड, अर्वान, रेन र ट्रयाक मोड समावेश हुनेछ । यसमा धेरैजसो कम्पोनेन्टहरु आरआर ३१० बाट लिएको छ ।
टीभीएसले नेपालमा भने आइक्यूव इलेक्ट्रीक स्कुटरको बुकिङ लिइरहेको छ । कम्पनीले यही महिनाको अन्त्यसम्ममा आइक्यूवको बिक्री सुरु गर्ने अनुमान गरिएको छ । त्यस्तै आगामी नाडा अटो शो २०२३ बाट रोनीन नाम क्रुजर मोटरसाइकलको पनि बिक्री सुरु हुने अनुमान गरिएको छ ।

