होन्डा एलिभेट ४ भेरियन्टमा आउने, फिचरको सूची सार्वजनिक

काठमाडौं । जापानी कार निर्माता होन्डाले भारतीय बजारलाई ध्यानमा राखेर ल्याउन लागेको एलिभेट मोडल विभिन्न ४ भेरियन्टमा आउने भएको छ । कम्पनीले यसलाई एसभी, भी, भीएक्स र जेडएक्स भेरियन्टमा ल्याउन लागेको हो ।

भेरियन्टसँगै कम्पनीले यसमा रहने फिचरहरुसमेत सार्वजनिक गरेको छ । बाहिर आएको फिचरमा इन्ट्री भेरियन्ट एसभीमा एलइडी प्रोजेक्टर हेडल्याम्प, एलइडी टेलल्याम्प, बुस बटम स्टार्ट/स्टप, फेब्रिक सिट, १६ इन्चको स्टील ह्वील, ड्यूल एयरब्याग दिने छ । यसमा टच स्कृन इन्फोटेन्टमेन्ट सिस्टम रहने छैन ।

त्यस्तै भी भेरियन्टमा एसभीमा रहेका फिचरको अलावा ८ इन्चको टचस्कृन, चार स्पीकर, वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो, रियर भ्यू क्यामेरा, स्टेरिङ माउन्ट कन्ट्रोल र सिभीटी गियरबक्स पनि उपलब्ध हुनेछ ।

होन्डाको अर्को भेरियन्ट भीएक्समा भी भेरियन्टमा भएका फिचरको अलावा १७ इन्चको अलोय ह्वील, सिंगल प्यानल सनरुफ, ७ इन्चको डिजिटल क्लष्टर, लेन वाच क्यामेरा, वायरलेस चार्जर, अटो फोल्डीङ मिरर, एलइडी फगल्याम्प, ६ स्पीकर पाउन सकिन्छ ।

एलिभेटको सबैभन्दा माथिल्लो भेरियन्ट जेडएक्समा १०.२५ इन्चको टचस्कृन, ६ वटा एयरव्याग, होन्डाको एडास फिचर, ८ स्पीकर, लेदर सिट, सफ्टटच ड्यासबोर्ड, अटो डिमिङ मिरर जस्ता फिचर रहने छन् ।

हुन्डाई क्रेटा र किया सेल्टोस जस्ता मोडलसँग सिधा प्रतिस्पर्धा गने एलिभेटमा १.५ लिटर, फोर सिलिण्डर, नेचुरल्ली एस्पीरेटेड पेट्रोल इन्जिन रहने छ । यसमा ६ स्पीड म्यानुअल र ७ स्टेप सिभीटी गियरबक्स छनोटमा उपलब्ध हुनेछ ।


Back_to_top