काठमाडौं । टीभीएस अपाचे ३१० ले ‘भारतीय राष्ट्रिय स्पीड इन्डोरेन्स’को किर्तिमान बनाएको छ । टीभीएस रेसिङ्ग डिएनए भनेर परिचित ब्राण्ड हो ।
आपोलो आल्फा एच१ टायर सहितको आपचे आरआर ३१० मोटरसाइकलले २४ घण्टे स्पीड इन्डोरेन्समा ३ हजार ६५७.९२ केएमएसको किर्तिमान बनाएको हो ।
टीभीएस अपाचे ३१० असाधारण शक्ति र एजिलिटीका लागि प्रख्यात छ । १७३ किलोमिटर प्रति घण्टाको अधिकतम गति र १५२ किमि प्रति घण्टाको औषत गतिका साथ टीभीएस आपाचे आरआर ३१० ले रेस ट्रयाकमा आफ्नो प्रभुत्व प्रमाणित गरेको हो ।
कम्पनीको ‘ट्रयाक टू रोड’ नारा सहित अपाचे सिरिज बिक्री गर्दै आएको छ । कम्पनीले केही समय अघि आपाचे सिरिजको ५० लाख यूनिट बिक्री पुरा गरेको थियो ।
२४ घन्टे स्पीड इन्डोरेन्समा बिजेता बनेको टीभीएसको तर्फबाट १८ जना चालक र ३ वटा आरआर ३१० मोटरसाइकल सहभागी भएका थिए । रिले र्याली रहेको इन्डोरेन्समा एउटा मोटरसाइकलले औषत १५२ किमिको गतिमा कूल ३२२ ल्याप कभर गरेको थिए ।
प्रतिस्पर्धाको दौरान अपाचे आरआर ३१० को उच्चगति १७३ किमि प्रति घन्टासम्म रेकर्ड भएको थियो । नेपालमा पनि जगदम्बा मोटर्स प्रालिले आरआर ३१० नेपालमा बिक्री गर्दै आएको छ ।


