बीएमडब्लूको अनौठो मोटरसाइकल, मूल्य चकित बनाउने खालको

काठमाडौं । बीएमडब्लू मोटोरार्डले नयाँ दुईपाङ्ग्रे इलेक्ट्रीक साधन सार्बजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको इलेक्ट्रीक मोडल मोटरसाइकल वा स्कुटरको डिजाइन नभई ‘पार्कर’को डिजाइन भएको कम्पनीले जनाएको छ ।

कम्पनीले नयाँ विद्युतीय मोडलको नाम ‘बीएमडब्लू सीई-०२’ नाम दिएर सार्बजनिक गरेको हो । कम्पनीका अनुसार यो विद्युतीय सवारीसाधन सहरी वातावरणका लागि डिजाइन गरिएको हो ।

बीएमडब्ल्यू सीई-०२ लाई कम्पनीले दुई फरक भेरियन्टमा उपलब्ध गराएको छ । यसको हाई भेरियन्टमा ११ किलोवाटको मोटर र लो भेरियन्टमा ४ किलोवाटको मोटर दिइएको छ ।

पावरफुल मोटर भएको भेरियन्टले अधिकतम १५ ब्रेक हर्सपावर जेनेरेट गर्नेछ । यसमा प्रयोग भएको मोटरको ९५ किलोमिटर प्रतिघन्टाको टप स्पीड प्रदान गर्छ भने सिंगल चार्जमा ९० किलोमिटरको रेन्ज दिने कम्पनीको दावी छ ।

त्यसैगरी ४ किलोवाटको मोटर भनेको अधिकतम ५ ब्रेक हर्सपावर हो । यसको टप स्पीड क्षमता ४५ किलोमिटर प्रतिघन्टा मात्रै छ ।

रमाइलो यात्रा गर्न र यात्रालाई सबै किसिमका भूभागहरुमा सुरक्षित बनाउन ठूला र फराकिला टायर दिइएको छ । फ्रेम, ह्वील, फ्रन्ट फ्रेन्डर, ट्रीपल क्ल्याम्प फेइरिङ कालो कलरमा सजिएको छ भने, फ्रन्ट सस्पेन्स गोल्डेन कलर दिइएको छ ।

सीई-०२ मा दुई ड्राइभ मोड फ्लो र सर्फ पाउन सकिन्छ । फ्लो मोड सहरी ट्राफिक जाममा सहज यात्राको लागि र सर्फ मोड फास्ट उत्साहजनक अनुभबका लागि भएको कम्पनीले जनाएको छ ।

बीएमडब्लूले यसमा ०.९ किलोवाटको सामान्य र १.५ किलोवाटको फास्ट चार्जर दिएको छ । यसमा डिजिटल टीएफटी डिस्प्ले, टाइप सी युएसबी चार्जिङ पोर्ट, मोटोरार्ड कनेक्टेड, ट्रीप रेकर्डर, एलइडी लाइट, ह्यान्डलबार कि प्याड जस्ता फिचरहरु समावेश रहेका छन् ।

यसबाहेक हाइलाइन प्याकेजमा समावेश बीएमडब्लू मोटोरार्ड कनेक्टेड सेवाले एप मार्फत वास्तविक समय, साधनको जानकारी र चार्जिङ स्थिति देखाउने छ ।

यसको मूल्य पनि चकित बनाउने खालको छ । कम्पनीले यसको स्टायडर्ड भेरियन्टको मूल्य ७ हजार ५९९ र टप भेरियन्टको मूल्य ८ हजार ४७४ डलर रहेको छ ।


Back_to_top